Shikhar Insurance

बलात्कार आरोपबाट पल शाहले सफाई पाए

सिंहदरबार संवाददाता
२०७९ माघ ३, मंगलवार १८:३६
NIMB
Nabil Bank

काठमाडौं । अभिनेता पल शाहले बलात्कार आरोपबाट सफाई पाएका छन् । तनहुँ जिल्ला अदालतले शाहलाई सफाई दिएको हो । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएका हुन् ।

अदालतले शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ । एक बालिकालाई बलात्कार गरेको आरोपमा शाह विरुद्ध तनहुँ र पूर्वी नवलपरासीमा शाहमाथि मुद्दा दायर भएको थियो । सो मुद्दामा जिल्ला अदालत पूर्व नवलपरासीले भने शाहलाई बलात्कार मुद्दामा सफाइ दिँदै बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्