Shikhar Insurance

सुनको मूल्य प्रतितोला ३ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार?

सिंहदरबार संवाददाता
२०७९ माघ ९, सोमबार ११:१५
NIMB
Nabil Bank

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । सोमबार छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात आइतबार छापवाला सुनको मूल्य प्रतितोला १ लाख ५ हजार रुपैयाँ कायम भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै, सोमबार तेजावी सुनको मूल्य पनि प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख ४ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात् आइतबार तेजावी सुन १ लाख ४ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ३८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ३७५ रुपैयाँमा काोबार भएको थियो ।

नेपालमा महासंघले अन्तरर्राष्ट्रिय बजार मूल्यको आधारमा सुनचाँदीको दैनिक मूल्य तोक्ने गर्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्