Shikhar Insurance

‘काम गर्न डराउँदिन,बोर्डको इतिहासमै पहिलो पटक इन्साइडर खोजी गरी कारवाही गरे’–अध्यक्ष हमाल

ब्रोकर, मर्चेण्ट बैंकर र लगानी कोषहरु समेत ऐन अनुसार कारवाहीमा
सिंहदरबार संवाददाता
२०७९ माघ २३, सोमबार १६:४१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रकेश कुमार हमालले राम्रो काम गर्न आफु नडराउने बर्ताएका छन् । बोर्ड अध्यक्ष हमालले आफु बोर्डको नेतृत्वमा आएको ११ महिनामै विभिन्न कानुन संशोधनदेखि इन्साइडर ट्रेडिङको खोजी कारवाहीसम्म गरेको बताउँदै राम्रो कामका गर्न कोही देखि नडराउँने बताएको हुन् ।

सोमबार बोर्डद्वारा आयोजित ‘बोर्डको कार्य सम्पादन, निष्काशन अनुमति प्रकृया र विद्यमान अवस्था’ सम्बन्धि अन्तरकृया कार्यक्रममा बोल्दै अध्यक्ष हमालले पुँजी बजार विकास र विस्तारका लागि आफुले दर्जन भन्दा बढी काम गरेसकेको जानकारी दिएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

बोर्डमा आफुले कार्यभार सम्हालेपछि ११ महिनाको प्रगति विवरण पत्रकार सामु सार्वजनिक गर्दै अध्यक्ष हमालले भने–‘यसबीचमा धेरै ऐन, नीति, निर्देशनहरु संशोधन तथा परिमार्जन गरेरै भएपनि पुँजी बजारको विकास र विस्तारका कामहरु गरेका छौं । जुन लगानीकर्ताहरुको हितको लागि नै हुन् । तर, हरेक नयाँ नीति निर्देशन र काम प्रति सबै खुसी नै हुन्छन् भन्ने छैन,’ कार्यक्रममा उनले भने, ‘अब हामीले राम्रो काम गर्नको लागि डराउनु पर्दैन । पादर्शी, गुणस्तरीय, निष्पक्ष र प्रतिस्पर्धी पुँजी बजार निर्माणको लागि हामी जुनसुकै साहसी कदम पनि चाल्न पछि हट्दैनौं ।’

उनले धितोपत्रको ३० वर्षको इतिहासमा पहिलो पटक आफु बोर्डमा आएपछि नै इन्साइडर ट्रेडिङ (भित्री कारोबार) को खोजी भएको बताउँदै सो उपर कारवाही समेत भएको जानकारी दिएका छन् ।
‘३० वर्षको इतिहासमा एउटा पनि इन्साइडर ट्रेडिङको खोजी भएको थिएन भने सो बारे सत्यतथ्य जानकारी राखिएको समेत थिएन,’ बोर्ड अध्यक्ष हमालले भने, ‘यो ११ महिनाकै अवधिमा हाम्रो टिमले पुराना २ वटा केसको छानबिन शुरु गरिसकेका छौं । जसमा अध्ययन रिपोर्ट बुझाउन समेत समयसीमा तोकेर गल्ती ठहर भएका कम्पनीका संचालकहरुलाई कारवाही समेत गरेका छौं ।’

कारवाीमा पर्ने संचालकहरुलाई बोर्डले व्यक्तिगत रुपमा नभएर कम्पनीको संचालकको हैसियतले पहिलो चरणमा कारवाी गरेको उनको भनाइ छ ।
‘संचालकहरको कारवाी पहिलो चरणको हो,इन्साइडर टेडिङलाई विस्तृत रुपमा थप सत्य तथ्य छानबीन गरेर ऐन अनुसारको कारवाी गर्ने प्रकृया हामीले सुरु गरिसकेका छौं,’ उनले थपे, ‘धितोपत्र बोर्डको इतिहासमै पहिलो पटक क्रेडिट रेटिङ्ग कम्पनीलाई कारवाही समेत गरेका छौं । नियोजीत रुपमा स्वार्थ बाझिएको कम्पनीलाई कारवाी गरिएको हो ।’
सम्बन्धित कम्पनीहरुले बोर्डले सोधेको स्पष्टिकरणको जवाफ पठाइसकेको हुँदा थप छानबीन शुरु भएको उनले जानकारी दिए । साथै, समयमा विवरण पेश नगर्ने ब्रोकर कम्पनी, मर्चेण्ट बैंकर र ठुला लगानी कोषहरुलाई समेत ऐन अनुसार कारवाही गरेको बताए ।

हमालले प्रस्तुत गरेको ११ महिनाको प्रगति विवरण

१. लगानीकर्ताहरुले विकसित बजारमा उपलब्ध भएका विशेषता तथा सुविधा सहितको सेवा प्राप्त गर्न सक्ने गरी नेप्सेको कारोबार प्रणालीसँग आबद्ध हुने गरी धितोपत्र दलाल तथा धितोपत्र व्यापारीले कारोबार व्यवस्थापन प्रणाली (TMS ) स्थापना गर्न सक्ने गरी धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को तेस्रो संशोधन गरी २०७९ वैशाख १६ देखि लागू गरिएको छ ।

२. सूचीकृत संगठित संस्थाको गाभ्ने गाभिने क्रममा शेयर कारोवार वर्षौंसम्म रोक्का रहने आम लगानिकर्ताको शेयर बन्धक रहने लगायतका समस्या रहेकोमा ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’बनाई स्पष्ट नीति तथा व्यवस्था गरिएको छ । साथै यस निती अनुरुप १५ दिनभन्दा बढी कारोवार रोक्का नरहने व्यबस्था समेत लागु गरिसकिएको छ । गाभ्ने गाभिने प्रक्रियाका लागी दिइएको निवेदन उपर आवश्यक छानबिन गरि बढीमा ३ दिन भित्र स्विकृती दिने व्यबस्था लागु गरिसकिएको छ ।

३. सर्वसाधारण लगानीकर्ताको हकहितलाई ध्यान दिदैं बैंक वा वित्तीय संस्थाले धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराए बापत बढीमा १०० (एक सय) सेवा शुल्क लिन सक्ने बिगतको व्यबस्थामा परिमार्जन गरी बढीमा ५ (पाँच) सेवा शुल्क लिन सक्ने व्यबस्था गरीएको छ ।

४. वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई सार्वजनिक शेयर निष्काशनमा १० प्रतिशत सेयर आरक्षण व्यवस्था हुने व्यवस्था मिलाईएको छ । उक्त व्यवस्था गरिएसँगै देशको शोधनान्तर स्थिति सबल बनाउँदै विदेशबाट विप्रेषण आप्रवाह ( Remittance) औपचारिक माध्यमबाट भित्र्याउनलाई प्रोत्साहन तथा सहयोग भई वैदेशिक विनिमय संचितिमा सहयोग पुगेको छ । यस व्यबस्थाले हुण्डी मार्फत हुने कारोवार निरुत्साहित हुने संभावना प्रवल देखिन्छ ।

५. नविनतम सोच तथा ज्ञान भएका तर पर्याप्त स्वपूँजी एंव धितो सुरक्षण नभएका “START–UP” का लागि पुँजी तथा व्यवसायीक ज्ञान बिना धितो दिन मिल्ने अन्तराष्ट्रीय अभ्यास अनुसार देशमा भित्र्याउन पहिलो पटक नेपालमा ९ वटा विशिष्टिकृत लगानी कोष व्यबस्थापकलाई अनुमति पत्र जारी गरीएको ।

६. धितोपत्र दलाल तथा व्यापारीको अनुमतिपत्रमा ‘कोटा प्रणाली मार्फत अनुमति प्रदान गरिदै आएकोमा यसको सेवा तथा गुणस्तर स्वच्छ, निष्पक्ष पारदर्शी र प्रतिष्पर्धी बनाउन “Open Entry and Exit “ निती मार्फत मापदण्ड पुग्ने सवैलाई ३५ दिन भित्र सिमा समय तोकि अनुमति प्रदान गर्न नेपाल सरकारको निर्णय अनुसार नियमावली स्वीकृती गराई आवेदन आह्वान गरीएकोमा सम्मानीत सर्वोच्च अदालतवाट उक्त निर्णय हाललाई कार्यान्वयन नगराउन आदेश भएको ।

७. धितोपत्र वजारमा लगानीकर्ताको पहुँच वृद्दि संगसंगै प्रतिस्पर्धी अन्तराष्ट्रीय प्रविधीयुक्त धितोपत्र वजारका लागी आवश्यक आवेदन कार्य अगाडी वढाईएकोमा सम्मानीत सर्वोच्च अदालतको अल्पकालीन आदेश वमोजीम सो सम्वन्धी कार्य हाल स्थगनमा रहेको ।

८. वस्तु विनिमय संयन्त्र विकासका लागी आवस्यक कार्य अगाडी वढाईएको छ । वस्तु विनिमय बजार सम्वन्धी ऐन, २०७४ तथा वस्तु विनिमय बजार सम्वन्धी नियमावली, २०७४ जारी भएको पांच वर्ष सम्म पनि यस सम्वन्धी आवश्यक कार्य अगाडि नवढिरहेको अवस्थामा बस्तु विनिमय बजार संयन्त्रको विकास तथा विस्तारका लागि बोर्डले २०७९/ ०६/०२ गते सूचना प्रकाशित गरी वस्तु विनिमय बजार स्थापनाका लागि आवेदन माग गरिएकोमा सम्मानीत सर्वोच्च अदालतको अल्पकालिन आदेश बमोजिम सो सम्वन्धी कार्य स्थगन गरिएको छ ।

९. धितोपत्र सम्बन्धी कसूरहरुमा संगठित संस्थाका संचालकहरुलाई कारबाही गरी भित्री कारोबार भए नभएको सम्बन्धमा छानबिन गर्न बोर्डको इतिहासमा नै पहिलो पटक दुईवटा केशमा तहकिकात अधिकारी नियुक्त गरी कार्य अगाडि बढाइएको छ ।

१०. धितोपत्र सम्बन्धी ऐन र सो अन्तरगत बनेका नियमावली, निर्देशिका र विनियमावली अनुरुप कार्य नगर्ने धितोपत्र दलाल व्यवसायीहरुलाई ऐन तथा नियम अनुसार कारबाही गरिएको छ । त्यस्तै, संस्थाको वित्तीय विवरण ढिला गरी पेश गर्ने मर्चेन्ट बैंकरहरुलाई हदैसम्मको कारबाही किन नगर्ने भनी सफाइ पेश गर्न सचित गरिएको । त्यस्तै क्रेडिट रेटिङ्गमा ‘स्वार्थको द्वन्द्व’ देखिने कम्पनीलाई कारबाहीको प्रक्रिया अगाडी बढाईएको ।

GBIME

प्रतिक्रिया दिनुहोस्