Shikhar Insurance

माया खोला हाइड्रोपावरको आइपीओ १९९२०० जनाले हात पारे, यी वेव साइटबाट रिजल्ट हेर्न सकिने

सिंहदरबार संवाददाता
२०७९ माघ २६, बिहीबार १३:२५
NIMB
Nabil Bank

काठमाडौं । माया खोला हाइड्रोपावरको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ। माघ २६ गते बिहीबार सेयर निष्काशन तथा बिक्री प्रबन्ध प्रभु क्यापिटलद्वारा गरिएको आइपीओ बाँडफाँटमा १ लाख ९९ हजार २०० जनालाई १० कित्ताका दरले आइपीओ हात पारेका छन् ।

कम्पनीले माघ १३ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि १९ लाख ९२ हजार कित्ता आाईपीओ निष्काशन गरेको थियो। जसमा आईपीओमा कुल १४ लाख ३५ हजार ३१३ आवेदकबाट १ करोड ६३ लाख ६ हजार ७६० कित्ताका लागि आवेदन परेको थियो। सोमध्ये १२ लाख ७८ हजार ६८८ आवेदन स्वीकृत भएको छ। स्वीकृत आवेदनमध्ये १ लाख ९९ हजार २०० आवेदकले १० कित्ताका दरले कम्पनीको आइपीओ हात पारेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट  तथा सिडिएससिको वेवसाइट बाट हेर्न सकिने व्यवस्था मिलाईएको छ ।

हाल माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडले प्रबद्र्धन गरेको मायाखोला जलविद्युत आयोजनाको १४.९ मे.गा. क्षमताको विद्युत उत्पादनको आन्तरिक परिक्षण सम्पन्न भैसकेको र नेपाल विद्युत प्राधिकरणबाट परिक्षण भैरहेको र आगामी १५ दिन पश्चात व्यापारिक उत्पादन कार्य शुरु गरिने कम्पनीका प्रबन्ध संचालक श्री दिनेश प्रसाद श्रेष्ठले जानकारी दिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्