Shikhar Insurance

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि, कारोबार रकम २ अर्बमा सिमित

सिंहदरबार संवाददाता
२०७९ माघ २६, बिहीबार १५:२३
NIMB
Nabil Bank

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.४५ अंकले उकालो लागेर २१८२.६३ को विन्दुमा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.४२ अंकले उकालो लागेर ४१५.४२ मा पुगेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बिहिबार कारोबार भएका १३ उपसमूहमध्ये एक उपसमूहको मात्रै सेयर मूल्यमा गिरावट भएको छ भने १२ उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ ।

कारोबार भएका कम्पनीमध्ये १५२ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । यस्तै, ५८ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा ६ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन ।

कूल ५६ लाख ४८ हजार २१२ कित्ता सेयर २ अर्ब ६ करोड २० लाख ५८ हजार ७४९ मूल्यमा कारोबार भएको छ । सेयर कारोबार हुने साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण ३१ खर्ब ४९ अर्ब ६५ करोड ४७ लाख ४४ हजार ७४४ बराबर रहेको छ ।

कारोबारका आधारमा अपि पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको ५ करोड ८६ लाख ५४ हजार ६ सय ९६ बराबरको कारोबार भयो । यस्तै, नविल बैंक ५ करोड ७३ लाख ५५ हजार ४८८, न्यादी ग्रुप पावर५ करोड ३३ लख ७ हजार,स्ट्याण्र्डड चार्टड बैंक ४ करोड ८६ लाख १७ हजार ८२० र रिडी पावर कम्पनी ४ करोड ४० लाख ५१ हजार ११० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

बाराही हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लागेको छ । विजय लघुवित्त ५.९२, जोशी हाइड्रोपावर ५.६३, न्यादी हाइड्रोपावर ५.३५ र इस्टर्न हाइड्रोपावरका लगानीकर्ताले ५.३१ प्रतिशतले कमाएका छन् ।

यस्तै, नविल ब्यालेन्स फण्ड ५.७५,गुराँस लघुवित्त ४.१६, लक्ष्मी उन्नति कोष ३.९३, आर्दश लघुवित्त ३.४९ र बिन नेपाल लघुवित्तका लगानीकर्ताले २.६९ प्रतिशतले गुमाएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्