Shikhar Insurance

यूनियन लाइफको पाँचौ साधारण सभाः ८.९७ प्रतिशत लाभांश पास

सिंहदरबार संवाददाता
२०७९ माघ २७, शुक्रबार १२:१२
NIMB
Nabil Bank

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । भैरहवामा सम्पन्न सभाले शेयरधनीहरुलाई ८.९७ प्रतिशत बोनश दिने प्रस्ताव पारित गरेको छ । साधारण सभाले आर्थिक बर्ष २०७७।७८ को लागि सो बोनश शेयर दिने भएको हो । बोनश शेयर वितरण गर्दा लाग्ने कर वापतको रकम शेयरधनी स्वयंले भुक्तानी गर्नु पर्ने प्रस्ताव पारित गरेको छ ।

सो साधारण सभाले कम्पनीको हालको शेयर संरचना बमोजिम कायम रहेको चुक्ता पूंजी अनुरुप संस्थापक समूह तर्फको ७० प्रतिशत शेयर मध्ये १९ प्रतिशत शेयरलाई सर्वसाधारण समूहमा परिवर्तन गरी संस्थापक तथा सर्वसाधारण शेयरको अनुपात ५१ः४९ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यसैगरी यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बिच एक आपसमा गाभिने सम्बन्धमा भएको प्रारम्भिक संझौता पत्र, कम्पनीको शेयर रोक्का राख्ने गरी भएको निर्णय, कम्पनीको सम्पत्ती तथा दायित्वको मुल्यांकन कार्य गर्न लेखापरीक्षक/परामर्शदाता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने गरी भएको संचालक समितिको निर्णयहरु समेत सभाले अनुमोदन गरेको छ । त्यस्तै सभाले संचालक समिति तथा उपसमितिको बैठक भत्ता बृद्धि गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

यसैगरी सो साधारण सभाले संचालक समितिको बार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र लेखापरीक्षककोे नियुक्ती गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ । साथै कम्पनी ऐन बमोजिम आ.व. २०७७।७८ मा भएको खर्चको अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरेको छ । बार्षिक साधारण सभामा सभाको अध्यक्षता गरेका संचालक संदिप कुमार अग्रवालले मन्तब्य राख्दै आगामी दिनमा कम्पनीका शेयरधानीहरुलाई अधिकतम् प्रतिफल प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको जानकारी गराए । उनले कम्पनी मर्जर पश्चात पनि निरन्तर शेयरधनीहरुको हितमा कार्य गर्ने बताए ।

यस्तै प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले आगामी दिनमा कम्पनीको कामकारवाहीलाई प्रभावकारी बनाई नयाँ उचाईमा पु¥याउने जानकारी गराए ।

GBIME

प्रतिक्रिया दिनुहोस्