Shikhar Insurance

‘अनलाइनहरुको मार्गदर्शक सिंहदरबार डटकम हुनुपर्छ, सम्पुर्ण बीमा क्षेत्रले सहयोग गर्नेछ’

जीवन बीमक संघ अध्यक्ष पौडेल
सिंहदरबार संवाददाता
२०७९ फाल्गुन ७, आईतवार १४:३६
NIMB
Nabil Bank

काठमाडौं । जीवन बीमक संघले अनलाईन पत्रिका सिंहदरबार डटकमलाई वार्षिक उत्सवको शुभकामना दिएको छ । संघका अध्यक्ष पोषक राज पौडेलले सम्पुर्ण जीवन बीमा कम्पनीहरुको तर्फबाट सिंहदरबार डटकमलाई दाेस्राे वार्षिक उत्सवको शुभकामना दिएका हुन् । सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) समेत रहेका पौडेलले भविष्यमा सिंहदरबार डटकम अन्य अनलाईन मिडियाहरुको लागि पनि मार्गदर्शको रुपमा अगाडि बढनु पर्ने बताए । उनले सम्पूर्ण बीमा क्षेत्रको वृद्धि विकासमा सिंहदरबारले महत्वपूर्ण भूमिका खेलिरहेको बताउँदै संघले पनि सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।

‘नेपालको आर्थिक क्षेत्रमा सिंहदरबार डटकमले विगत २ वर्षदेखि आलोचनात्मक तथा रचनात्मक रुपले गर्नु भएको योगदानका लागि सम्पुर्ण जीवन बीमा क्षेत्र र सिटिजन लाइफको तर्फबाट धन्यवाद दिन चाहन्छौं, तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा धेरै धेरै शुभकामना, आगामी दिनमा जीवन बीमक संघ र सिटिजन लाइफको सदैब साथ सहयोग हुनेछ भन्ने विस्वास दिलाउन चाहन्छु । भविष्यमा सिंहदरबार डटकम अन्य अनलाईन मिडियाहरुको लागि पनि मार्गदर्शको रुपमा अगाडि बढोस् बढ्नु पर्छ ।’

Citizen Life
Kumar Bank
Nepal Life

समग्र अनलाइन मिडियाको क्षेत्रमा सिंहदरबार डटकमको योगदान तथा प्रगति उल्लेखनीय रहेको बताउँदै उनले आगामी दिनको लागि शुभकामना दिए । कखरा न्यूज प्रा.लि.द्वारा सञ्चालित आर्थिक अनलाइन पत्रिका सिंहदरबार डटकम २०७७ साल फागुन ७ गतेदेखि सञ्चालनमा आएको हो । सो यता यस मिडियाले सकारात्मक चेत सहितका सामाजिक, राजनीतिक तथा विषेश गरी आर्थिक क्षेत्रमा कलम चलाइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्