Shikhar Insurance

‘सिंहदरबारले वास्तविकता र यथार्थ दृष्टिकोणलाई लिएर अघि बढेको छ’-सीइओ भट्टराई

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन ७, आईतवार १५:०८
NIMB
Nabil Bank

काठमाडौं । सिंहदरबार डटकमलाई महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले वार्षिक उत्सवको शुभकामना दिएका छन् । कखरा न्यूज प्रा.लि.द्वारा सञ्चालित आर्थिक अनलाइन पत्रिका सिंहदरबारलाई सीइओ भट्टराईले दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा बधाइ तथा शुभकामना दिएका हुन् ।

‘पछिल्लो चरणमा आएका अनलाइन मिडियाहरुमध्येमा सिंहदरबार डटकमले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । पालो आर्थिक वर्षको स्लोगन दिएर सिंहदरबारले २ वर्षभित्र प्रकाशन गरेको समाचार अन्य अनलाइन मिडियाको भन्दा फरक छ । सिंहदरबारले वास्तविकता र यथार्थ दृष्टिकोणलाई लिएर अगाडि बढिरहेको हुन्छ । त्यसकारणले पनि म सिंहदरबारको नियमित पाठकसँगै शुभचिन्तक पनि हुँ ।

Citizen Life
Kumar Bank
Nepal Life

सिंहदरबार डटकमले पत्रकारिताको आचार संहिता अर्थात नैतिकतालाई आत्मासाथ गरेर अघि बढिरहेको भन्दै उनले आगामी दिनमा पनि यस्तै प्रगतिको कामना सहित सिंहदबारलाई शुभकामना दिए ।

सिंहदरबार डटकम २०७७ साल फागुन ७ गतेदेखि अनलाइन पत्रिकाको रुपमा पत्रकारीता क्षेत्रमा सञ्चालनमा आएको हो । सो यता यस मिडियाले सकारात्म चेत सहितका सामाजिक, राजनीतिक तथा विषेश गरी आर्थिक क्षेत्रमा कलम चलाइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्