Shikhar Insurance

माधव नेपाललाई राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउने तयारी

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन ८, सोमबार १७:०६
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एकिकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल राष्ट्रपति बन्ने भएका छन् । उनलाई प्रधानमन्त्री प्रचण्ड र केपी ओलीको प्रस्तावमा राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउन लागिएको हो । नेपालका नाममा काँग्रेसले पनि सहमति जनाउन सक्ने सम्भावना छ । पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको राष्ट्रपति भनिरहेका छन् ।

उता, काँग्रेसले पनि साझा व्यक्तित्वलाई राष्ट्रपति बनाउनुपर्ने अडान राखिरहेको छ । एमाले र काँग्रेसले अघि सारेका व्यक्तिको नाममा राष्ट्रिय सहमति हुने सम्भावना छैन् । माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री रहेकाले माओवादीले राष्ट्रपति पाउने सम्भावना पनि छैन् ।

Citizen Life
Kumar Bank
Nepal Life

अन्तराष्ट्रिय छवि भएको उच्च राजनीतिक व्यक्तिलाई राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउनुपर्ने बताईरहँदा डा. बाबुराम भट्टराईको नाममा पनि सहमतिको कुनै सम्भावना नरहेको स्रोत बताउँछ । उत्तर, दक्षिण र पश्चिमलाई समेत मेनेज गर्नुपर्ने भएकाले माधव नेपाललाई राष्ट्रपतिका रुपमा अघि सार्दा अन्तराष्ट्रिय समुदाय र आन्तरिक राजनीतिक समिकरण पनि मिल्ने सम्भावना रहेको स्रोत बताउँछ ।

केपी ओली र प्रचण्डबीच कसले पहिले नेपाललाई राष्ट्रपति प्रस्ताव गर्ने भन्ने बिषयमा प्रतिष्पर्धा नै चल्न सक्ने स्रोत बताउँछ । माधव नेपालको नाम अघि सर्दा काँग्रेसले समेत उम्मेदवारी दर्ता नगर्ने दावी एकिकृत समाजवादीका नेताहरुको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्