Shikhar Insurance

ऋणीलाई राष्ट्र बैंकको अर्काे सहुलियतः भाखा नाघेको कर्जामा पनि जरिवाना नलाग्ने

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन १२, शुक्रबार १४:५३
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाका ऋणीहरुलाई अर्काे सहुलियत दिएको छ । मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा मार्फत अघि सारिएको व्यवस्था कार्यान्वयनमा ल्याउँदै राष्ट्र बैंकले भाखा नाघेको कर्जा ३० दिनभित्र तिरेमा जरिबाना नलाग्ने भनेको हो । ।

क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै राष्ट्र बैंकले भनेको छ–‘ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/ब्याज दायित्व भाखा नाघेको तीस दिनभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन पाइने छैन । यो व्यवस्था २०८० जेठ मसान्तसम्ममा भुक्तानीको भाखा रहेको साँवा/ब्याजमा मात्र लागु हुनेछ । तर यदि कुनै ऋणीले छुट पाउने अवधिभित्र कर्जाको साँवा/ब्याज भुक्तानी नगरेमा पुर्वनिर्धारित शर्तबमोजिम सम्पूर्ण भाखा नाघेको अवधिको पेनाल ब्याज लिन यो व्यवस्थाले बाधा पुर्याएको मानिने छैन ।’

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्