Shikhar Insurance

ब्युतियो पुरानै गठबन्धन, रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने निर्णय, एमाले सत्ताबाट आउट

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन १२, शुक्रबार १९:५६
NIMB
Nabil Bank

काठमाडौं । निर्वाचन अघिकै गठबन्धन ब्युतिएको छ । शुक्रबार बसेको बैठकले काँग्रेस, माओवादी, एकिकृत समाजवादी लगायतका दलहरु सहभागी पुरानै गठबन्धनलाई ब्युताउँदै राष्ट्रपतिमा काँग्रेसका रामचन्द्र पौडेललाई अघि सार्ने निर्णय गरेको हो ।

सत्तारुढ माओवादी केन्द्र समेतको संलग्नतामा भएको यो निर्णयसँगै अब नेकपा(एमाले) भने सत्ताबाट आउट हुने भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैठकमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीबीच छलफल भएको थियो।

शनिबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने तालिका छ। राष्ट्रपतिको निर्वाचन भने फागुन २५ गते हुँदैछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्