Shikhar Insurance

एमालेले सरकार नछाड्ने, अर्थमन्त्री पौडेल कायमै

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन १३, शनिबार ११:४४
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)ले तत्काल सरकार नछाड्ने निर्णय गरेको छ । पार्टी कार्यालयमा बसेको एमाले सचिवालय बैठकले तत्काल सरकार नछाड्ने निर्णय गरेको हो । एमालेले कम्तिमा पनि राष्ट्रपति निर्वाचनसम्म सरकार नछाड्ने निर्णय गरेको हो ।

पुस १० गतेको सहमति कार्यान्वयनका लागि प्रयास गर्ने निर्णय पनि एमालेले गरेको छ । एमालेका अनुसार पुस १० गते माओवादी केन्द्र र एमालेबीच प्रधानमन्त्री माओवादीले पाउने र राष्ट्रपति एमालेलाई दिने समझदारी बनेको थियो । एमालेबाट उप प्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले सरकारको नेतृत्व गरिरहेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्