Shikhar Insurance

बैंकरलाई कालोमोसो दल्ने भाषण गरेका दुर्गा प्रसाईँ एमालेबाट निष्काशित

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन १३, शनिबार १२:१९
NIMB
Nabil Bank

काठमाडौं । बैंकरलाई कालोमोसो दल्नु भन्दै उत्तेजक भाषण गर्दै हिडेका दुर्गा प्रसाईलाई एमालेले निष्काशन गरेको छ । शनिबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले प्रसाईलाई पार्टीबाट निष्काशन गरेको हो । प्रसाई एमालेको केन्द्रिय सदस्य थिए ।

झापाको काकडभिट्टामा पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व युवराज पारसलाई आमन्त्रण गरेर उनले राजा फर्काउने अभियान थालेका थिए ।
सोही अभियानबाट उनले बैंकका कर्मचारीलाई गेटमै समातेर कालोमोसो दल्न भनेका थिए । प्रसाईँले ग्लोबल आईएमई बैंकका विरुद्ध अदालतबाट ऋणको ब्याज तिर्न नपर्ने फैसला गराएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रसाईँले बिभिन्न बैंकहरुबाट बी एण्ड सी मेडिकल कलेजका लािग भन्दै साढे पाँच अर्ब रुपैयाँ ऋण लिएका छन् । त्यसको ब्याज तिर्न नसक्ने भन्दै उनी झापा जिल्ला अदालत गएका थिए । जिल्ला अदालतका न्यायधिश अशोक कुमार बस्नेतको इजलासले चैत मसान्तसम्म प्रसाईसँग ब्याज असुली नगर्नु भन्ने अन्तरकालिन आदेश जारी गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्