Shikhar Insurance

६९ हजार ७२० जनाले पाए एशियन हाइड्रोपावरको आईपीओ, रिजल्ट हेर्न यहाँ क्लिक गर्नुस्

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन १४, आईतवार ११:०४
NIMB
Nabil Bank

काठमाडौं । एशियन हाइड्रोपावरको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आइतबार कम्पनीको आईपीओ बाँडफाँट गरेको हो । सो आईपीओ १० कित्ताका दरले ६९ हजार ७२० जनाले आइपीओ हात पारेका छन् ।

गत माघ २७ गतेदेखि फागुन ३ गतेसम्म कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ९७ हजार २०० कित्ता आइपीओ बिक्री खुला गरेको थियो । जसमा कुल १ करोड ५५ लाख २५ हजार ४०० कित्ताका आइपीओका लागि १४ लाख ३२ हजार २२२ आवेदन परेको थियो । जसमध्ये ६ हजार ५०२ आवेदन रद्द भएको थियो भने, बाँकी १४ लाख २५ हजार ७२० आवेदन स्वीकृत भएको थियो।

Citizen Life
Kumar Bank
Nepal Life

स्वीकृत आवेदनमा गोलाप्रथा प्रक्रियाबाट कम्पनीको आईपीओ बाँडफाँट गर्दा ६९ हजार ७२० जना आवेदकले १० कित्ताका दरले कम्पनीको आइपीओ हात पारेका हुन् ।

रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोला

कम्पनीको  आईपीओ हेर्न प्रबन्धक प्रबन्धक एनएमबि क्यापिटलको वेभसाइट, सिडीएससीको मेरो सेयरको वेबसाइट, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइटबाट र एशियन हाइड्रोपावरबाट हेर्न सकिने छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्