Shikhar Insurance

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ३८ औं बर्षमाः नविन सेवासहित अब्बल बन्ने अठोट

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन १४, आईतवार १२:४२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ३८ औं वर्षमा प्रवेश गरेको छ । ३७औं बार्षिकोत्सवका अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ । रक्तदानमा बैंकका कर्मचारीहरुको सहभागिता थियो । यसैगरी, बार्षिकोत्सवका अवसरमा साना बालबालिकामा बचत गर्ने बानीलाई प्रोत्साहन गर्ने उद्देश्यले वित्तीय ज्ञानमा आधारित एक बाल पुस्तक पनि सार्वजनिक गरिएको छ ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले २९६ शाखा, २७९ एटीएम, ५० एक्सटेन्सन काउन्टर, १० राजश्व संकलन काउण्टर र १०९ शाखारहित बैंकिङ काउण्टरबाट सेवा प्रदान गरिरहेको छ । बैंकले ७ वटा बैंक अफ दि एयर अवार्ड प्राप्त गरिसकेको छ भने अन्तर्राष्ट्रिय युरो मनीबाट ‘बेस्ट बैंक २०१८’ र ‘बेस्ट बैंक २०२१’ का लागि युरोमनी अवार्डहरु प्राप्त गरिसकेको छ । साथै, अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी (इन्फ्रा) नेपालले बैंकलाई ‘ए’ क्रेडिट रेटिङ गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

गत पुसमा नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडबीच मर्जर भएको थियो । मर्जरपछि वित्तीय क्षेत्रमा थप उर्जा प्रदान हुनुका साथै नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाई थप उत्साह प्रदान गरी अन्य बैंकहरुलाई समेत मर्जरका लागि प्रेरित गरेको अध्यक्ष पृथ्वी बहादुर पाँडे बताउँछन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डेले वित्तीय बजारमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक एक प्रतिष्ठित, अब्बल तथा जनप्रिय बैंकको रुपमा स्थापित भएको बताए । संस्थापकहरुको सोच र भिजनका कारण देशकै विश्वासिलो र अग्रणी बैंकको रुपमा स्थापित भएकोमा गर्व लागेको बताउँदै उनले ग्राहकवर्गको चाहना अनुसार आगामी दिनमा थप नवीनतम सेवा प्रवाह गरिने बताए ।

बैंकले ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नारा सहित बार्षिकोत्सवका अवसरमा ग्राहकहरुलाई डेबिट कार्ड तथा मोबाइल बैंकिङ सुविधा लिँदा सीमित महिनाका लागि शुल्क नलाग्ने सुविधा ल्याएको छ । यो सुविधाले राष्ट्र बैंकले डिजिटल प्रविधिको उपयोगमा प्रबर्धन गर्ने नीतिलाई प्रोत्साहन गर्ने सिइओ पाण्डेको विश्वास छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्