Shikhar Insurance

१ महिना पछि सर्यो नयाँ स्टक र ब्रोकर लाइसेन्स वितरण प्रकृया, मुद्दाको टुंगो चैत पहिलो सातामात्रै

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन १५, सोमबार १६:२२
NIMB
Nabil Bank

काठमाडौं । नयाँ स्टक एक्सचेञ्ज, कम्बोडिटी एक्सचेञ्ज र ब्रोकरलाई लाइसेन्स वितरणको प्रकृया एक महिना पछि सरेको छ । लाइसेन्स वितरण रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा सोमबारको सुनुवाइले मुद्दाको अन्तिम टुंगो लगाउन नसके पछि प्रकृया पछि सरेको हो ।

नेपाल धितोपत्र बोर्डले शुरु गरेको नयाँ स्टक एक्सचेञ्ज, कम्बोडिटी एक्सचेञ्ज र ब्रोकरलाई लाइसेन्स वितरणको प्रकृया रोक्नु पर्ने भन्दै अधिवक्ता दिपक विक्रम मिश्रले असोज ३१ गते सर्वोच्चमा रिट दायर गरेका थिए । जसमा फागुन १५ गते (आज) न्यायधीशद्वय इश्वर खतिवडा र हरि प्रसाद फुयालको संयुक्त इजलाशमा सुनुवाई भएको थियो । संवैधानिक इजलाशमा यसै सम्बन्धी परेको मुद्दाको आदेशको पूर्णपाठ झिकाएर अर्को सुनुवाईको लागि पेश गर्नको लागि अदालतले आदेश दिएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सिंहदरबारलाई जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

‘आजको बहस धेरै अगाडि बढ्न सकेन, संवैधानिक इजलाशले गरेको फैसलाको पूर्णपाठ मगाउनु भएको छ । पूर्णपाठ चैत पहिलो सातासम्म आउँछ, त्यपछि अन्तिम मुद्दाको अंतिम टुंगो लाग्ने सम्भावना छ ।’

आजको सुनुवाइमा चैत पहिलो सातासम्म मिसिल झिकाएर अर्को सुनुवाई गरिने भनिएको हुँदा नयाँ स्टक एक्सचेञ्ज, कम्बोडिटी एक्सचेञ्ज र ब्रोकरलाई लाइसेन्स वितरण थप एक पहिनालाई पछि सेको उनले बताए ।

अधिवक्ता मिश्रले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै कार्तिक ४ गते न्यायधीश तिल प्रसाद श्रेष्ठको एकल इजलाशले नयाँ स्टक एक्सचेन्ज , कमोडिटी एक्सचेन्ज, र ब्रोकरको लाइसेन्स वितरणको कार्य तत्काल अगाडी नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो। सो आदेशसँगै सबै प्रक्रिया अहिले स्थागित भएको छ । बोर्डले असोज २ गते सूचना जारी गर्दै स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकरको लाइसेन्सको लागि आवेदन माग गरेको थियो । जसमध्ये स्टक ब्रोकरका लागि ४६ वटा कम्पनीले आवेदन दिइसकेका छन् भने, नयाँ स्टक एक्सचेञ्ज र कम्बोडिटी एक्सचेञ्जको लागि भने आवेदन परेको थिएन । ्

 

GBIME

प्रतिक्रिया दिनुहोस्