Shikhar Insurance

दरबारमार्ग सडक छेउका पार्किङ हटाएको विरोधमा व्यवसायी आन्दोलित

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन १५, सोमबार १८:५९
NIMB
Nabil Bank

काठमाडौं । सडक छेउबाट पार्किङ हटाएको भन्दै काठमाडौं दरबारमार्ग क्षेत्रका व्यवसायीहरु आन्दोलन शुरु गरेका छन् । सोमबार दरबारमार्ग क्षेत्रका व्यवसायीहरुले पार्किङ हटाएको भन्दै विरोध प्रदर्शनमा आफ्ना पसलका सटरहरु बन्द गरेर कालो ब्यानर राख्दै सडक उत्रेका हुन ।

दरबारमार्ग क्षेत्रमा लामो समय देखि एकतर्फीपार्किङ गर्ने व्यवस्था थियो । सो पार्किङको व्यवस्थालाई उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगरपालिकाले केही समयअघि हटाएको छ । सडकको एकातर्फी पार्किङ हटाइएपछि ६० प्रतिशतले व्यापारमा गिरावट आएको हुँदा पार्किङको व्यवस्था पुनः गरिनु पर्ने सो क्षेत्रको व्यापारीहरुको माग छ । दरबारमार्गका व्यवसायीहरुले सरकारलाई मासिक करोडौं रुपैयाँ राजश्व बुझाउँने भएपनि सरकारले उनीहरुलाई व्यवसाय गर्न समस्या सिर्जना गरिदिएको दबारमार्ग विकास बोर्डकासचिव उद्धव ढकालले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

‘महानगर जबरजस्ती पार्किङ हटाएसँगै दरबारमार्गको व्यापारमा ६० प्रतिशतले गिरावट छ, यो क्षेत्रको व्यापारीले महानगरलाई प्रत्येक महिना ९ करोड रुपैया बझाउने गरेका छौं भने, हजारौलाई रोजगारीका छौं । यसरी सरकारलाई राजश्व, रोजगारीमा सहयोग गर्ने व्यापारीलाई सरकारले नै समस्यामा पारेर व्यवसाय धरासायी जायज कुरा होइन ।’–उनले भने ।

दबारमार्गको एकतर्फि पार्किङ कायम नहुँदासम्म वा महानगरले पार्किङको विकल्प नदिएसम्म आन्दोलनले निरन्तरता पाउने उनले बताए । दरबारमार्ग नेपालको मिटिङपइन्ट र राजधानीको अनुहार भएको हुँदा यस क्षेत्रको व्यापारमा गिरावटले देशकै अर्थतन्त्रमा नकारात्मक असर पर्ने उनको भनाइ छ । व्यवसायीमहानगरले ट्राफिक प्रहरीसँग मिलेर १९ पुसदेखिदरबारमार्ग क्षेत्रमा पार्किङ गर्न निषेध गरेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्