Shikhar Insurance

महासंघ एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठको उम्मेदवारी घोषणा, भरत आचार्यलाई सकस

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन २३, मंगलवार १२:१२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा ज्योत्सना श्रेष्ठले एसोसिएट उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छिन् । तीन कार्यकाल महासंघको कार्य समिति सदस्य रहेकी श्रेष्ठले अब एसोसिएट तर्फको उपाध्यक्षमा प्रतिष्पर्धा गर्ने बताएकी हुन् । ‘मैले तीन कार्यकाल कार्य समितिमा काम गरेँ, अहिले पर्यटन र हवाई यातायात कमिटीको सभापतिको जिम्मेवारीमा छु, अब एसोसिएट तर्फबाट उपाध्यक्ष बन्ने अठोट गरेँ’, श्रेष्ठले सिंहदरबारसँग भनिन् ।

एक जना सक्षम महिला उद्यमीका रुपमा महासंघको मुल नेतृत्वमा पुग्ने लक्ष्यसहित अघि बढेको पनि बताईन् । ‘भवानी राणा दिदीपछि महासंघको मूल नेतृत्वमा पुग्ने योजनासहित म अघि बढेको छु’, श्रेष्ठले भनिन् । संबिधानले ३३ प्रतिशत महिला सहभागीता सुनिश्चित गरेको तर निजी क्षेत्रका छाता संस्थाहरुमा त्यस्तो सहभागीता कठिन देखिएकाले पनि लाखौं महिला उद्यमीहरुको प्रतिनिधित्वका लागि आफुले हिम्मत गरेको उनी बताउँछिन् ।

Citizen Life
Kumar Bank
Nepal Life

‘संबिधानमै ३३ प्रतिशत सहभागीताको व्यवस्था छ, महासंघमा महिला सहभागीता कम भयो, मैले त्यसको अभाव पुरा गर्ने सोँचसहित उम्मेदवार बन्ने निर्णय गरेको हुँ’, श्रेष्ठले भनिन् । बरिष्ठ उपाध्यक्ष पदका प्रतिष्पर्धीहरुमध्ये तपाई कुन टिममा हुनुहुन्छ ? भन्ने सिंहदरबारको प्रश्नमा उनले भनिन्–‘अहिलेसम्म कुनै टिममा खुलेकी छैन्, छलफल हुँदैछ ।’ उनले आफु सजिलै एसोसियट उपाध्यक्षमा विजयी हुने दावी पनि गरिन् ।

त्योत्सनाको उम्मेदवारीले सहजै एसोसियटको उपाध्यक्ष बन्ने अभियानमा रहेका भरत आचार्यालाई भने सकस पर्ने देखिएको छ । बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको विश्वास पात्र मानिएका आचार्यले निर्विरोध उपाध्यक्ष बन्ने सम्भावना देखेका थिए । शंकर ग्रुपका शाहिल अग्रवालले एसोसियट उपाध्यक्षको मैदान छाडेपछि आचार्यलाई कम्फर्ट जोनमा मानिएको थियो । उनले पनि कुनै समुह नखुली सर्वसम्वत उपाध्यक्ष बन्ने योजना तयार पारेका थिए । तर ज्योत्सना मैदानमा उत्रिने भएपछि आचार्यको सर्वसम्वत यात्रा मात्रै होइन, चुनावी प्रतिष्पर्धाबाट उपाध्यक्ष बन्न पनि सकस हुने बताइन्छ ।

महासंघमा एसोसिएट मत
नेपाल उद्योग बाणिज्य महासंघमा एसोसिएट तर्फ एक हजार ७ सय ५२ मत छ । महासंघमा जिल्ला नगर तर्फको मतभार ५० प्रतिशत, एसोसियटको ३० प्रतिशत र बस्तुगत समुहको २० प्रतिशत मतभार छ ।
ठूला व्यवसायीक घरानाहरुको मत एसोसिएटमा पर्दछ । यो समुहमा शंकर ग्रुपको सबै भन्दा धेरै भोट छ । त्यस बाहेक चन्द्र ढकाल, शेखर गोल्छा, पशुपति मुराका लगायतसँग एसोसिएटको राम्रो मत होल्डिङ रहेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्