Shikhar Insurance

चन्द्र ढकालको समर्थन ज्योत्सना श्रेष्ठलाई !

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन २५, बिहीबार १५:३५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठलाई सघाउने संकेत गरेका छन् । आफ्ना विश्वास पात्र भरतराज आचार्यले एसोसिएट उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेकै बेला ढकालले पनि महिला नेतृत्व प्रति झुकाव राखेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको छैठौँ प्रदेश सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले महासंघको आगामी कार्य समितिमा महिलाहरुको उचित प्रतिनिधित्व रहने र आफुले त्यसका लागि भूमिका खेल्ने बताएका हुन् ।
महासंघको चैत २८ गते हुने साधारण सभामा एसोसिएट उपाध्यक्षमा ढकालका विश्वास पात्र मानिएका भरतराज आचार्यले उम्मेदवारी दिँदैछन् । उनको प्रतिष्पर्धामा रहेकी ज्योत्सना श्रेष्ठलाई सहयोग पुग्ने गरि ढकालले अभिव्यक्ति दिएपछि महासंघको आगामी निर्वाचनमा नयाँ ट्वीष्टको सम्भावना देखिएको बताइन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

ढकाले नयाँ नेतृत्वमा महिलाहरुको प्रतिनिधित्व हुनुपर्यो भन्ने मागमा आफ्नो पूर्ण समर्थन रहेको बताउँदै आफ्नो कार्यकालमा महासंघमा महिला प्रतिनिधित्व बढाउन पुरापुर प्रयास गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे । उनले महासंघको विधानमा रहेका केही प्रावधानहरु नमिलेको बताउँदै त्यसलाई संशोधन गरेर अगाडि बढ्ने बताएका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्