Shikhar Insurance

ललितपुर महानगरका शिक्षा महाशाखा प्रमुख पौडेल एक लाख घुसहित पक्राउ

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन २५, बिहीबार १७:५५
NIMB
Nabil Bank

काठमाडौं । ललितपुर महानगरपालिका शिक्षा महाशाखाका प्रमुख एक लाख घुससहित पक्राउ परेका छन् । महानगर शिक्षा महाशाखा प्रमुख शेषकान्त पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख घुससहित रंगेहात पक्राउ गरेको हो ।

शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस लिएको अवस्थामा पौडेल पक्राउ परेका हुन् । उनलाई अख्तियारको टोलीले आफ्नौ कक्षबाटै रंगेहात समातेको हो । अख्तियारका सहायक प्रवक्ता सहायक प्रवक्ता देवी प्रसाद थपलियाले पक्राउ परेका पौडेलमाथि थप अनुसन्धान भैरहेको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्