Shikhar Insurance

मूल्यवृद्धि ७.८८ प्रतिशत पुग्दा सबैभन्दा बढी काठमाडौंमा

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन २८, आईतवार १५:५०
NIMB
Nabil Bank

काठमाडौं । उपभोक्ता मूल्यवृद्धिले सरकारले राखेको बाञ्छित सीमा नाघेको छ । चालु आर्थिक वर्ष २०७९/८० मा सात प्रतिशतभन्दा बढी मूल्यवृद्धि हुन नदिने सरकारले लक्ष्य छ ।

तर नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार माघ मसान्तसम्ममा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.८८ प्रतिशत पुगेको देखिएको हो । गत आर्थिक वर्षको यही अवधिमा उपभोक्ता मुद्रास्फीति ६.२४ प्रतिशत थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्ममा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ६.१९ प्रतिशत र गैर– खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.२२ प्रतिशत छ ।

खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत रेष्टुराँ तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.२४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.३९ प्रतिशत र सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशतले बढेको छ ।

त्यस्तै, मदिराजन्य पेयपदार्थमा ८.७८ प्रतिशत र मरमसलामा ८.०४ प्रतिशतले मूल्यवृद्धि देखिएको छ । गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मूल्य सूचकाङ्क १५.५८ प्रतिशत र स्वास्थ्य क्षेत्रको १०.३९ प्रतिशतले बढेको छ ।

त्यसैगरी, घरायसी उपयोगका वस्तुको मूल्यवृद्धि ९.७८ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको ९ प्रतिशत र मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्ममा काठमाडौं उपत्यकामा ८.४७ प्रतिशत, तराईमा ७.८२ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ७.९२ प्रतिशत मूल्यवृद्धि देखिएको छ ।

गतवर्ष माघ महिनामा यी क्षेत्रमा क्रमशः ५.४७ प्रतिशत, ६.५० प्रतिशत, ६.७१ प्रतिशत र ५.९७ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

गत माघ महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ९.६७ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १०.३४ प्रतिशत रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्