Shikhar Insurance

सात महिना सवा ८ खर्ब व्यापार घाटा, आयातसँगै निर्यात पनि घट्यो

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन २८, आईतवार १६:०४
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा आयात र निर्यात दुवै घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको सात महिनाको तथ्याङ्कअनुसार आयात १९.९ र निर्यात २९ प्रतिशतले घटेको हो ।

राष्ट्र बैंकका अनुसार ७ महिनामा ९३ अर्ब ४३ करोड रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात गरेको । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८८.३ प्रतिशतले बढी हो । सो अवधिमा भारत र चीनतर्फको निर्यातमा कमी आउँदा अन्य देशको निर्यातमा भने वृद्धि भएको छ । भारतमा ३७.७ प्रतिशत, चीनमा १३.४ प्रतिशतले कमी आउँदा अन्य देशको निर्यातमा ८ प्रतिशतले वृद्धि भएको तथ्याङ्कमा उल्लेख छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपालबाट जिङ्क सिट, अलैँची, पार्टिकल बोर्ड, ऊनी गलैचा, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।

सात महिनाको अवधिमा नेपालले ९ खर्ब १८ अर्ब १७ करोड रुपैयाँ बराबरको विदेशी वस्तु आयात छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४२.८ प्रतिशतले बढेको भए पनि चालु आवको सोही अवधिको तुलनामा १९.९ प्रतिशतले आयात घटेको हो ।

सो अवधिमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, रासायनिक मल, सुन, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारीसाधन तथा स्पेयर पार्टस्, औषधि, एमएस विलेट, दूरसञ्चारका उपकरण तथा पार्ट्स, चाँदी लगायतका वस्तुको आयात घटेको छ ।

सात महिनामा भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ, भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

सवा ८ खर्ब व्यापार घाटा

आयात निर्यात दुबै घट्दा नेपालको व्यापार घाटा पनि घटेको छ । चालु आवको ७ महिनाको अवधिमा नेपाललको व्यापार घाटा १८.७ प्रतिशतले घट्दा ८ खर्ब २५ अर्ब ७३ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३८.४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.५ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ७१ अर्ब ७८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १ सय २८ अर्ब १७ करोड रुपैयाँ बराबरको भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्