Shikhar Insurance

एक भए सगरमाथा–लुम्बिनी, कृषि र लघुबीमालाई उचाईमा पुर्याउँछौंः सिईओ क्षेत्री

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन ३०, मंगलवार ०९:४८
NIMB
Nabil Bank

काठमाडौं । सगरमाथा र लुम्बिनी इन्स्योरेन्स कम्पनीले एकिकृत कारोबार आरम्भ गरेका छन् । राजधानीमा भव्य समारोहको आयोजना गर्दै दुई कम्पनीले मर्जरपछि सगरमाथा लुम्बिनी ‘सलिको’ इन्स्योरेन्सका नामबाट एकिकृत कारोबार आरम्भ गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले एकिकृत कारोबारको आरम्भ गरे । प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले २७ वर्ष अनुभवी सगरमाथा इन्स्योरेन्स कम्पनी र १८ वर्षको लुम्बिनी जनरल कम्पनीले एकिकृत कारोबारको शुभारम्भ गर्न पाउदा खुसी व्यक्त गरे । नेपाल बीमा प्राधिकरणको नीति अनुरुप नै मर्जरमा गएको उनले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

सिईओ क्षेत्रीले एकिकृत कम्पनीले कृषि र लघुबीमालाई उच्च प्राथमिकतामा राखेर अघि बढ्ने बताए । ‘हामीले कृषि र लघुबीमालाई उच्च प्राथमिकतामा राखेर अघि बढ्ने योजना बनाएका छौं ।’, सिईओ क्षेत्रीले भने । उनले नयाँ कम्पनीले बीमा क्षेत्रमा नयाँ उचाई प्राप्त गर्ने विश्वास पनि व्यक्त गरे । क्षेत्रीले सबल, सशक्त र विश्वासिलो निर्जीवन बीमा कम्पनीका रुपमा सगरमाथा लुम्बिनी स्थापित हुने बताए । मर्जरपछि कुनै पनि कर्मचारीले असुरक्षित महशुस गर्नुनपर्ने बताउँदै उनले सबैको हित हुनेगरि काम गर्ने स्पष्ट पारे ।

GBIME

प्रतिक्रिया दिनुहोस्