Shikhar Insurance

दोहोरो अंकले बढेको सेयर बजारमा कुन-कुन कम्पनीका लगानीकर्ताले कमाए मनग्य?

सिंहदरबार संवाददाता
२०७९ चैत्र १३, सोमबार १५:३६
NIMB
Nabil Bank

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । गत साताको बुधबारदेखि निरन्तर रुपमा घटेको सेयर बजार यसदिन भने दोहोरो अंकले सुधार भएको हो ।

दोहोरो अंकले बढेको सेयर बजारमा ३ कम्पनीको लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यसदिन सुपर माई हाइड्रोवापर, एशियान हाइड्रोपावर र कालिन्चोक दर्शन कम्पनीका लगानीकर्ताहरुले मनग्य आम्दानी गरेका हुन्।

Citizen Life
Kumar Bank
Nepal Life

यसदिन सुपर माई हाइड्रोपार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ३९१ रुपैयाँबाट बढेर ४३० रुपैयाँ १० पैसा पुगेको छ । त्यसैगरी एशियान हाइड्रोपावर कम्पनीको सेयर मूल्य ३६८ रुपैयाँ ६० पैसाबाट बढेर ३९७ रुपैयाँ ५० पैसा र कालिन्चोक दर्शन कम्पनीको १४८ रुपैयाँ १० पैसाबाट बढेर १६२ रुपैयाँ ९० पैसा पुगेको हो । साथै, अजोड इनस्यारेन्स कम्पनीको सेयर मूल्य ८.३० र लक्ष्मी लघुवित्तको सेयर मूल्य ५.५२ प्रतिशतले बढेको छ । भने, बाँकी कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा कमले बढेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार १७.७० अंकले बढेर १,९०६ को विन्दुमा पुगेको छ । भने, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स २.०४ अंकले बढेर ३५८.०३ को विन्दुमा बन्द भएको छ ।

दिनभरीमा २६१ कम्पनीको ४३ लाख ८ हजार ६४५ कित्ता सेयर १ अर्ब ३८ करोड २७ लाख रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो कारोबारको दिन अर्थात आइतबार नेप्से परिसूचक २६.८५ अंकले घट्दा १ अर्ब २८ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । यसदिन नेप्सेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ ।

नेप्सेका अनुसार कारोबारमा आएको १६७ कम्पनीको सेयर मूल्य बढेको छ । ४४ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबार रकमको आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । कम्पनीको ५ करोड ९० लाखभन्दा बढीको सेयर खरिदबिक्री भएको हो । त्यसैगरी, जीवन विकास लघुवित्त वित्तीय संस्थको ४ करोड ७० लाख, नबील बैंकको ४ करोड ४ लाख, एनआईसी एशिया बैंकको ३ करोड ९५ लाख र शिव श्री हाइड्रोपावर कम्पनीको ३ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएएको छ । भने, बाँकी कम्पनीको ४ करोड भन्दा कम सेयर कारोबार भएको छ ।

यसदिन नेशनल माइक्रोफाइनान्सको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको सेयर १० प्रतिशतले घटेर १ हजार ५०४ रुपैयाँबाट  १ हजार ३८१ रुपैयाँ ५० पैसामा झरेको हो ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, वित्त, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन, जलविद्युत, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको लघुवित्त उपसमूहको परिसूचक घटेको हो।

 

GBIME

प्रतिक्रिया दिनुहोस्