Shikhar Insurance

धनगढीबाट भिम रावलले गरे एमाले छाड्ने संकेत, एकिकृत समाजवादी गन्तव्य ?’

सिंहदरबार संवाददाता
२०७९ चैत्र १४, मंगलवार ११:१८
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)का नेता भीम रावलले पार्टी छाड्ने संकेत गरेका छन् । धनगढीमा पत्रकार सम्मेलन गर्दै उनले यस्तै अवस्था रहेमा आफु एमाले छाड्ने निष्कर्षमा पुग्न सक्ने बताएका हुन् । उनले आफूलाई एमालेमा बस्न नदिने उद्देश्यले घचेटिराखे नयाँ पाइला चाल्ने बताएका हुन् ।

‘म अहिलेसम्म नेकपा एमालेको सदस्य हुँ । तँ नेकपा एमालेको सदस्य बन्न पाउँदैनस् किनभने तैँले राष्ट्रियताको कुरा उठाउन थालिस्, पार्टीमा विधि पद्दतिको कुरा गर्छस् भनेर घचेट्या घचेट्यै गरे भने त्यतिबेला नेकपा एमालेका इमान्दार कार्यकर्ता, जनतासँग सोध्नेछु– अब म यही घचेट्याइ मात्र मानिराखुँ कि नघचेट भनेर जिउ चलाउँ भनेर सोध्नेछु र त्यतिबेला किन घचेटिमाग्ने, उभिनुस् भन्यो भने म उभिएर नयाँ पाइला चाल्न पनि सक्छु ।’ डा. रावले भनेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्