Shikhar Insurance

नयाँ स्टक एक्सचेञ्जले नेप्सेलाई प्रतिष्पर्धी बनाउँछ, पुँजी बजारमा व्यापक सुधार ल्याउँछः अध्यक्ष हमाल

सिंहदरबार संवाददाता
२०७९ चैत्र १५, बुधबार १९:४६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नयाँ स्टक एक्सचेञ्ज ल्याएपछि नेप्सेलाई प्रतिष्पर्धी बनाउन र पुँजी बजारमा व्यापाक सुधार ल्याउन सहयोग पुग्ने बताएका छन् । लगानीकर्ता संघ संगठनहरुले राजधानीमा आयोजना गरेको ‘समृद्ध नेपालको आधार, पुँजी बजारमा सुधार’ बिषयकका अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष हमालले नयाँ स्टक एक्सचेञ्जले नेपालको पुँजी बजारलाई आधुनिक र दिगो विकासको बाटोमा अघि बढाउने बताएका हुन् ।

‘हिजो सरकारी बैंकहरु मात्रै हुँदा बैंकिङ कस्तो थियो ? नेपाल टेलिकम मात्रै हुँदा मोबाइलको सिम लिन के गर्नु पर्थ्यो ? निजी बैंकले बैंकिङ क्षेत्रलाई सुधार गरे, सरकारी बैंक पनि प्रतिष्पर्धी बने, एनसेल आएपछि नेपाल टेलिकम पनि प्रतिष्पर्धी बन्यो, नयाँ स्टक एक्सचेञ्ज ल्याउन सकियो भने नेप्सेमा पनि सुधार आउँछ अनि पुँजी बजारको विकासले पनि गति पाउँछ’, अध्यक्ष हमालले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले संसारभर स्टक एक्सचेञ्जहरु प्रतिष्पर्धी बन्दा मात्रै पुँजी बजारको दिगो विकास हुने गरेको दावी पनि गरे । अहिले भैरहेका ब्रोकरहरुको भाग खोसेर नयाँ ब्रोकरलाई लाइसेन्स दिन नखोजिएको पनि नउले स्पष्ट पारे । ‘हामीले अहिलेका ब्रोकरहरुको बजार खोस्ने गरि नयाँलाई लाइसेन्स दिन लागेका होइनौं, अहिलेका ब्रोकरहरुलाई थप प्रतिष्पर्धी बनाउँदै लैजानका लागि नयाँ ब्रोकर थप्न लागिएको हो, त्यो खुला प्रणालीबाट लाइसेन्स दिन लागेका छौं’, अध्यक्ष हमालले भने ।
उनले अहिले सञ्चालनमा रहेका ब्रोकरहरुलाई शाखा खोल्न दिएर गाउँ गाउँसम्म सेवा विस्तारको अवसर प्रदान गरेको पनि बताए ।

उनले समयसँगै ब्रोकर कमिसन पनि घटाउँदै लैजाने बताए । तर तत्कालै ब्रोकर कमिसन घटाउने योजना भने नरहेको स्पष्ट पारे । ‘सबै कुरा एकै पटक सुधार गर्न खोज्दा समस्या आउँछ, समयसँगै ब्रोकर कमिसन पनि घट्नेछ’, अध्यक्ष हमालले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्