Shikhar Insurance

४ करोड ३० लाखको आईपीओ निष्काशन गर्दै बन्दीपुर केबलकार, क-कसले भर्न पाउँछन्?

सिंहदरबार संवाददाता
२०७९ चैत्र १६, बिहीबार १२:११
NIMB
Nabil Bank

दमौली । तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । बन्दीपुर केबलकारले प्राथमिक सेयर निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

कम्पनीले आईपीओ निष्काशनका लागि बुधबार नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेडसँग सम्झौता गरेको छ । कम्पनीले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँका दरले २५ लाख ८० हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

आइपीओ निष्कासनका लागि बुधबार नेपाल एसबिआई मर्चेण्ट बैङ्किङका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र बन्दीपुर केबलकार एण्ड टुरिजमका अध्यक्ष रामचन्द्र शर्माबीच धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँको २ प्रतिशत अर्थात् ४ करोड ३० लाख रुपैयाँ बराबरको साधारण सेयर आयोजना प्रभावित स्थानीय बासिन्दालाई छुट्याइनेछ भने १० प्रतिशत अर्थात २१ करोड ५० लाख रुपैयाँ बराबरको सेयर सर्वसाधारणलाई छुट्याइने छ ।

परियोजना निर्माण विसं २०७६ साउन ४ मा सुरु भएको थियो । कम्पनीले केबलकार, पाँच तारे होटल, जीप लाइन, बन्जी जम्प, क्यान्टि लिभर सहितको सिसाको पुल, क्विन टावर लगायतका पूर्वाधार निर्माण गर्दैछ ।

कम्पनीले विसं २०८० वैशाख २५ गते केबलकार सञ्चालनका लागि परीक्षण गर्ने तयारी थालेको छ भने पाँच तारे होटल आगामी मङ्सिरमा सञ्चालन गर्ने कम्पनीको तयारी छ । बन्दीपुर गाउँपालिका–४ ठुल्ढुङ्गादेखि बरालथोकसम्म पुग्छ । केवलकार एक किलोमिटर लम्बाइको हुनेछ । कम्पनीको कूल लागत ३ अर्ब ४९ करोड रुपैयाँ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्