Shikhar Insurance

१० अंकले घट्यो सेयर बजार, शिवम् सिमेन्टको सर्वाधिक ५ करोडमाथि कारोबार

सिंहदरबार संवाददाता
२०७९ चैत्र १६, बिहीबार १५:२३
NIMB
Nabil Bank

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार उतारचडावका बाबजुद घटेर बन्द भएको छ । सोबारदेखि निरन्तर तीन कारोबार दिनमा ३१.१३ अंकले उकालो लागेको सेयर बजार साताको अन्तिम कारोबारको दिन भने दोहोरो अंकको गिरावट आएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.८७ अंक घटेर १९०८.५५ को विन्दुमा झरेको छ। त्यसैगरी, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स १.६६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७२ अंक र सेन्सेटिभ इण्डेक्स ०.६१ अंक घटेको छ।

Citizen Life
Kumar Bank
Nepal Life

दिनभरीमा २५४ कम्पनीको २७ लाख ५० हजार ६५५ कित्ता सेयर ८९ करोड ९५ लाख ३२ हजारमा खरिदबिक्री भए । यसदिन कारोबारमा आएको ४९ कम्पनीको सेयर मूल्य बढेको छ । १५७ कम्पनीको सेयर मुल्य घटेको छ । भने, ९ कम्पनीको सेयर मुल्य स्थिर छ ।

नेप्सेका अनुसार सुपर माई हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ । यस दिन कम्पनीको सेयर मूल्य ५२ रुपैयाँ बढेर ५७२ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन सिटिजन्स म्युचुअल फण्डको मुल्य ६.८१ र कालिञ्चोक दर्शनको मूल्य ६.०८ प्रतिशतले बढेको छ। अन्य स्टकको मूल्य वृद्धिदर ३ प्रतिशतभन्दा कम रहेको छ।

कारोबारमा आएको आदर्श लघुवित्तको सेयरमूल्य सबैभनदा बढी६.०७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको ५ करोडभन्दा बढीको सेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ३ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको हो। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक १.११ प्रतिशत बढेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्