Shikhar Insurance

२५ करोडसम्मका कम्पनीको आईपीओबाट १० कित्ते व्यवस्था हटाएर २५० कित्ता अनिवार्य

सिंहदरबार संवाददाता
२०७९ चैत्र १७, शुक्रबार ०८:२९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले २५ करोड रुपैयाँसम्म चुक्ता पुँजी भएका साना तथा मझौला कम्पनीहरुका लागि छुट्टै कारोबार प्लेटफर्म सञ्चालनको तयारी अन्तिम चरणमा पुर्याएको छ । बोर्डले साना–मझौला उद्योगले कम्तिमा ३० प्रतिशत आईपीओ जारी गरि नेप्सेको एसएमई प्लेटफर्ममा सूचिकृत हुँदै दोश्रो बजारमा जोडिन सक्ने व्यवस्था गरेको हो ।

सो सम्बन्धी व्यवस्था कार्यान्वयनका लागि बोर्डले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली, २०७९ को मस्यौदा तयार पारेर सुझावका लागि सार्वजनिक गरेको छ । त्यस्तो मस्यौदामा आगामी १५ दिनभित्र राय सुझाब पेश गर्न सकिनेछ ।
अहिले नेप्सेमा सूचिकृत भएर कारोबारमा रहेका २५ करोड भन्दा कम चुक्ता पुँजी भएका कम्पनीहरुले पनि आफुलाई एएमई प्लेटफर्ममा सार्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

नियमावली अनुसार आईपीओ जारी गरेका कम्पनीहरुको सेयरमा न्युनतम २५० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अर्थात एसएमई प्लेटफर्ममा दर्ता हुने गरि आईपीओ ल्याउने कम्पनीहरुबाट १० कित्ते प्रावधान हट्नेछ ।

र्बोका अनुसार साना तथा मझौला कम्पनीहरुले जारी पुँजीको कम्तिमा ३० प्रतिशत तथा बढीमा ४९ प्रतिशतसम्म आईपीओ जारी गर्न पाउने छन् । बोर्डले साना–मझौला कम्पनीलाई एसएमई प्लेटफर्म मार्फत छुट्टै इन्डेक्स बनाएर कारोबार गराउने तयारी स्वरुप मस्यौदा तयार गरेको हो। नयाँ कम्पनीहरुले यो प्लेटफममा दर्ता हुनका लागि आईपीओ निष्कासन गर्दा पब्लिक कम्पनीको रुपमा एक आर्थिक वर्षको पूर्ण अवधि पूरा गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

तर पुराना प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भई कारोबार सञ्चालन गरेको कम्तीमा दुई आर्थिक वर्ष पूरा गरेकाले पब्लिक लिमिटेड कम्पनीको रुपमा एक आर्थिक वर्ष पूरा हुन आवश्यक नपर्ने व्यवस्था गरिएको छ। यस्ता साना तथा मझौला कम्पनीहरुले आईपीओ ल्याउन क्रेडिट रेटिङ गर्न अनिवार्य हुने छैन ।

यस नियमावली अनुसार आईपिओ निष्काशन हुँदा आवेदकले न्युनतम २५० कित्ता शेयरको लागि आवेदन दिनु पर्नेछ । शेयर बाँडफाँड गर्दा सर्वप्रथम सबै आवेदकलाई २५० कित्ताको दरले धितोपत्र बाँडफाँड गर्नु पर्ने र बाँकी रहेको निष्काशित धितोपत्रको समानुपातिक रुपमा खण्डित नहुने गरी बाँडफाँड गर्नुपर्ने उल्लेख छ । सबै आवेदकहरूलाई बाँडफाँड गर्न अपुग हुने अवस्थामा गोला प्रथाबाट आवेदक छनौट गरी धितोपत्र बाँडफाँड गर्नुपर्ने व्यवस्था नियमावलीमा छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्