Shikhar Insurance

सानिमा रिलायन्स लाइफका सिनियर डेपुटी सिईओ पोखरेललाई विद्यावारिधी उपाधी

सिंहदरबार संवाददाता
२०७९ चैत्र १८, शनिबार ११:५२
NIMB
Nabil Bank

काठमाडौं । सानिमा रिलायन्स लाइफका सिनियर डेपुटी सिईओ राकेश पोखरेलले विद्यावारिधी गरेका छन् । उनले फ्रान्सको युरोपियन इन्टरनेशनल युनिभर्सिटीबाट पीएचडी गरेका हुन् ।

ग्लोबल लिडरशिप एण्ड म्यानेजमेन्टमा शिर्षकमा पोखरेललाई बैंककमा आयोजित समारोहकाबीच प्रोफेशनल डक्टरेटको उपाधी प्रदान गरिएको हो । नेपाली बीमा क्षेत्रमा खेलेको भूमिका, व्यवसायिक दक्षता, नेतृत्वदायी क्षमताको मूल्याङ्कनसहित पोखरेललाई पिडीको उपाधी प्रदान गरिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

मानार्थ डाक्टर उपाधी पाउने विभिन्न ७ तरिका मध्ये आफ्नो शैक्षिक योग्यता एवम् व्यवसायीक कार्यको माध्यमबाट पोखरेलले सो उपाधी पाएका हुन । युरोपियन इन्टरनेशनल युनिभर्सिटीलाई विश्वको उत्कृष्ट बिजनेस स्कुलमध्ये ५५ औं स्थानमा राखिएको छ ।

सूर्या लाइफबाट बीमा क्षेत्रमा प्रवेश गरेका पोखरेल आइएमई लाइफ हुँदै रिलायन्स लाइफमा सिईओ बन्न पुगेका उनी अहिले भने सानिमा रिलायन्सको सिनियर डेपुटी सिईओको जिम्मेवारीमा छन् । उनी चार्टर्ड एकाउन्टेन्ट हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्