Shikhar Insurance

युनाईटेड र अजोडबीच मर्जरको अन्तिम सम्झौता, इन्साइडर आरोपीलाई अध्यक्ष बनाइने

सिंहदरबार संवाददाता
२०७९ चैत्र १८, शनिबार १२:१०
NIMB
Nabil Bank

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीबीच अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुई कम्पनीहरुको मर्जर कमिटीबीच अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो । अन्तिम सम्झौतापश्चात् कम्पनीको स्वाप रेसियो १००ः८२.५० कायम हुने बताईएको छ ।

प्रारम्भिक मर्जरमा युनाइटेड र अजोड विच स्वाप रेसियो १००ः९० हुने प्रारम्भिक सहमति भएको थियो । तर डिडिएपश्चात् कम्पनीको स्वाप रोसियोमा परिर्वतन आएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल बीमा प्राधिकरणले पुस २९ गते सैद्धान्तिक सहमति दिएको थियो । प्राधिकरणले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ को दफा ६ बमोजिम अजोड र यूनाइटेडलाई एक आपसमा गाभ्न र गाभिने (मर्जर) प्रक्रियामा जान सैद्धान्तिक सहमति दिएको हो ।

यस्तै मर्जर पछि बन्ने कम्पनीको नाम यूनाइटेड अजोड इन्स्योरेन्स हुनेछ । कम्पनीको अध्यक्षको जिम्मेवारी भने अजोडका अध्यक्ष आजाद श्रेष्ठलाई बनाउने समझदारी बनेको छ । उनी अजोड इन्स्योरेन्स कम्पनीमा इन्साइडर ट्रेडिङमा मुछिएका पात्र हुन् । अजोडको सेयरमा इन्साइडर कारोबार भएकोबारे नेपाल धितोपत्र बोर्डले अध्ययन गरिरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्