Shikhar Insurance

प्रभु लाइफले एक हप्तामै गर्यो मृत्यु दावी भुक्तानी

सिंहदरबार संवाददाता
२०७९ चैत्र १९, आईतवार १६:०७
NIMB
Nabil Bank

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले निवेदन प्राप्त गरेको एक हप्तामै मृत्यु दावी भुक्तानी गरेको छ । प्रभु लाइफ इन्स्योरेन्समा जीवन बीमा गराएका चागुनारायण नगरपालिका ८ का श्याम कृष्ण तिमिल्सीनाको मृत्यु पश्चात निजको परिवारलाई कम्पनीले दावी भुक्तानीको निवेदन परेको एक हप्ता भित्रैमा भुक्तानी गरेको हो ।

मृतकको निवासमा वडा अध्यक्ष जनक खत्रीको समेत उपस्थितिमा कम्पनीले तिमिल्सीनाको परिवारलाई रकम हस्तान्तरण गरेको थियो । उक्त समयमा वडा अध्यक्ष खत्रीले छिटो छरितो तरिकाले दावी भुक्तानी गरेकोमा प्रभु लाइफलाई धन्यवाद प्रकट गरेका थिए । साथै यसरी जीवन बीमा कम्पनीले चुस्त रुपमा दावी भुक्तानी गर्दा प्रभु लाइफ र जीवन बीमा प्रति विश्वास बढ्ने र आम मानिस आकर्षित हुने भनाइ समेत राखे ।

Citizen Life
Kumar Bank
Nepal Life

दाबी भुक्तानी कार्यक्रममा प्रभु लाइफका तर्फबाट बाग्मती प्रदेश प्रमुख मान बहादुर विष्ट मदन ले मृतक बीमितको परिवारलाई बीमा रकम हस्तान्तरण गर्दे मृत्यु पश्चात पनि परिवार प्रतिको दायित्व निर्वाह गर्ने एक मात्र माध्यम जीवन बीमा रहेको बताए ।

यदि कदमकदाचित केही भएमा बीमितको परिवारको आर्थिक जोखिम कम गर्न प्रभु लाइफ हरदम तयार छ, प्रदेश प्रमुख विष्टले भने ।

दावी भुक्तानी हस्तान्तरण कार्यक्रममा भक्तपुर शाखा प्रमुख निना श्रेष्ठ, बरिष्ठ एजेन्सी म्यानेजरहरु दिपक न्यौपाने, बबिब दुवाल, नवराज तिमिल्सेना, कमला कटवाल, मिलिना श्रेष्ठ, अन्जना न्यौपाने, ओम घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्