Shikhar Insurance

ज्येष्ठ नागरिक दिवा सेवालाई सिटिजन लाइफकाे आर्थिक सहयोग

सिंहदरबार संवाददाता
२०७९ चैत्र १९, आईतवार १८:१७
NIMB
Nabil Bank

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ज्येष्ठ नागरिक दिवा सेवा (ब्रह्मज्ञानी बिश्रामालय) र फिजियोथेरापी सेवा कार्यको आर्थिक सहयोग गरेको छ । कम्पनीले नेपाल ग्रामीण विकास समाज केन्द्र (एनआरडीएससी), विराटनगरद्वारा विराटनगर महानगरपालिका वडा नं. ९, भानु टोलस्थित ज्येष्ठ नागरिकहरुका लागि एक लाख रुपैयाँ बराबरको सहयोग गरेको हो ।

नेपाल ग्रामीण विकास समाज केन्द्र (एनआरडीएससी) ले ज्येष्ठ नागरिकहरुको हक, अधिकार र संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यका साथ ज्येष्ठ नागरिकहरुका लागी सुविधा सम्पन्न ब्रह्मज्ञानी बिश्रामालय सञ्चालन भएको छ । जहाँ ज्येष्ठ नागरिकहरुका लागी विभिन्न सृजनात्मक क्रियाकलापहरु गरिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यस संस्थाले विभिन्न ठाउँमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र व्यवस्थापन तथा सन्चालन गर्दै आइरहेको छ र सो केन्द्रको क्षमता अभिवृद्धि तथा भौतिक सहयोगको कार्यक्रमहरु गरिरहेको छ । साथै ज्येष्ठ नागरिकहरु प्रती हुने दुव्र्यव्यवहाँर तथा हिंसा न्युनिकरण गर्ने सरोकार वालाहरुसँग निरन्तर अन्तरक्रिया तथा नियम कानुनहरुको प्रभावकारी कार्यन्वयनका लागी विविध कार्यहरु गर्दै आएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्