Shikhar Insurance

बीमा कम्पनीका सञ्चालकहरुको योग्यता खोज्दै बीमा प्राधिकरण

सिंहदरबार संवाददाता
२०७९ चैत्र २०, सोमबार १०:३९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीका सञ्चालकहरुको योग्यता खोज्ने भएको छ । अधिकांश बीमा कम्पनीका सञ्चालकहरुको योग्यताबारे नपुगेको हल्ला चलेपछि प्राधिकरणले ऐन अनुसारको योग्यता पुगे नपुगेको बारे सोधीखोजी गर्न लागेको हो ।

राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष दिनेश उपाध्ययाको योग्यता नपुगेको जानकारी प्राधिकरण नेतृत्वसम्म पुगिसकेको छ । त्यस बाहेक दर्जनौं कम्पनीका सञ्चालकहरुको योग्यतामाथि पटक पटक प्रश्न उठ्दै आईरहेको छ ।
बीमा ऐनको दफा ४९ मा बीमा कम्पनीका सञ्चालकहरुको योग्यता तोकिएको छ । ऐन अनुसार स्वदेशी वा विदेशी बीमक, बैंक वा वित्तिय संस्था वा सम्बन्धित क्षेत्रको संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तह वा सरकारी सेवा वा संगठित संस्थाको अधिकृतस्तरमा कम्तिमा पाँच वर्ष काम गरेको हुनुपर्ने उल्लेख छ ।

Citizen Life
Kumar Bank
Nepal Life

स्नातकोपाधि हासिल गरेकाहरुले भने सरकारी सेवा वा संगठित संस्थाको अधिकृतस्तरमा तीन वर्ष काम गरेको हुनुपर्ने व्यवस्था छ । चाटर्ड एकाउन्टेन्सी गरेको, बैंकिङ, वित्तिय, बीमा, बाणिज्य, व्यवस्थापन, मौद्रिक, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा बाणिज्य कानुनमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने भनिएको छ । स्वतन्त्र सञ्चालकहरुका हकमा पनि कानुनले बैंकिङ, वित्तिय, बीमा, बाणिज्य, व्यवस्थापन, मौद्रिक, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा बाणिज्य कानुनमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको र पाँच वर्षको अनुभव रहेको हुनुपर्ने भनेको छ ।

तर अधिकांश बीमा कम्पनीहरुका सञ्चालकहरुले यी योग्यताहरु पुरा नगरि काम गरिरहेका छन् ।

कर्मचारीको सर्टिफिकेट मगाउने प्राधिकरण सञ्चालक प्रति किन मौन ?
केहि समय अघि प्राधिकरण(तत्कालिन बीमा समिति)ले बीमा कम्पनीको निश्चित तहसम्मका कर्मचारीहरुको शैक्षिक योग्यताको प्रमाणपत्र मगाएर अध्ययन गरेको थियो । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरि काम गरिरहेको भन्ने सूचना पाएपछि प्राधिकरणले त्यसरी प्रमापत्र नै मगाएर अध्ययन गरेको थियो ।

त्यतिबेला नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेर जागिर खाएका सैयौं कर्मचारीहरुले राजीनामा गरेर सुरक्षित अवतरण गरेका थिए । यतिबेला कम्पनीका सञ्चालकहरुकै योग्यतामा प्रश्न उठेपछि प्राधिकरणले केहि गर्ने भनेको छ । ‘हामीले पनि फाट्टफुट्ट त्यस्ता सूचनाहरु पाएका छौं, गहिरो गरि अध्ययन नै त गरेका छैनौं तर अब हेर्छाै’, बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले सिंहदरबारसँग भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्