Shikhar Insurance

अधिकांश कम्पनीको घट्दा पनि नेशनल लाइफको बोनस यथावत, बीमितलाई प्रतिहजार ८५ रुपैयाँसम्म

सिंहदरबार संवाददाता
२०७९ चैत्र २०, सोमबार ११:३३
NIMB
Nabil Bank

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बोनस दर सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भएपछि नयाँ बोनस दर सार्वजनिक गरेको हो ।
कम्पनीले विभिन्न बीमा योजनामा बोनस दर प्रति हजार बीमांक ६३ देखि ८५ रुपैयाँ निर्धारण गरेको छ । सावधिक जीवन बीमा योजनामा ९ वर्ष अवधिका लागि प्रति हजार ६४ रुपैयाँ, १० देखि १४ वर्ष र १५ देखि २० वर्ष अवधिका लागि प्रति हजार ६४ रुपैयाँ, २१ वर्षदेखि २५ वर्षसम्मका लागि प्रति हजार ७० रुपैयाँ, २६ र सो भन्दा माथिका लागि प्रति हजार ८५ रुपैयाँ तोकेको छ ।

त्यस्तै, सावधिक तथा आजिवन बीमालेख अन्तर्गत ९ वर्षदेखि २० वर्ष अवधि सम्मको लागि प्रति हजार ६४ रुपैयाँ, २१ देखि २५ वर्षसम्मका लागि प्रति हजार ७० रुपैयाँ, २६ देखि २९ वर्षसम्मका लागि प्रति हजार ८५ रुपैयाँ, ३० र सो भन्दा बढी अवधिका लागि प्रति हजार ८५ रुपैयाँ छ । अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख योजनामा ९ वर्ष अवधिका लागि प्रति हजार ६३ रुपैयाँ, १० देखि १४ वर्षसम्मका लागि प्रति हजार ६३ रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि प्रति हजार ६४ रुपैयाँ, २० र सो भन्दा माथिका लागि प्रति हजार ६४ रुपैयाँको दरले बोनस दर तोकिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

उच्च तथा आकर्षक बोनस दरको कारणले कर्जा÷दावी÷पूर्ण अवधि सबैमा बढी रकम प्राप्त हुने छ । ठूलो जीवन बीमा कोष भएको कम्पनीले अधिकतम प्रतिफल प्रदान गर्दै आफ्ना ग्राहकवर्गहरुलाई लाभान्वित गर्दै आइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्