Shikhar Insurance

चौकीडाँडामा खानेपानी आयोजना निर्माण सम्पन्न, लागत ९ करोड रुपैयाँ

सिंहदरबार संवाददाता
२०७९ चैत्र २३, बिहीबार ११:१३
NIMB
Nabil Bank

चितवन । भरतपुर महानगरपालिका–२९ ९ करोड रुपैयाँको लागतमा खानेपानी योजना सम्पन्न भएको छ । योजना सम्पन्न भएपछि यहाँका ३ सय ५० परिवार लाभान्वित भएका छन् ।

संघीय सरकार र प्रदेश सरकारको ५ करोड ९५ लाख रुपैयाँ, भरतपुर महानगरको १ करोड ७५ लाख रुपैयाँ तथा स्थानीयको ६२ लाख रुपैयाँ बराबरको श्रमदानबाट खानेपानी योजना निर्माण भएको हो । ५ वर्षपछि उक्त योजना सम्पन्न भएको हो । योजना सञ्चालनमा आएपछि लामीडाँडा, थाम डाँडा, लामा गाउँ, कमलपुर, ढुङ्ग्रे, चिप्लेटी, तल्लो चिप्लेटी, आरुबोटे र सतीडाँडाका बासिन्दा लाभान्वित भएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

स्थानीय सुशीला गुरुङले आधा घन्टाभन्दा बढी हिँडेर खानेपानी ल्याउनुपर्ने बाध्यता हटेको बताए । भोर्ले खोलाभन्दा माथिको गुण्डा खाालाबाट पानी ल्याउनुपर्ने बाध्यता आयोजना सञ्चालनमा आएसँगै हटेको छ । योजनाका सचिव केशव ढकालले भने, “बोत्तलमा पानी थापेर ल्याउनुपर्ने बाध्यता अब हटेको छ ।”

आयोजनाअन्तर्गत एउटा मुहान रहेको छ भने ८० लाख लिटरको कलेक्सन ट्याङ्की छ । थामडाँडामा दुई लाख लिटरको वितरण ट्याङ्की निर्माण गरिएको छ । वडाध्यक्ष सूर्यबहादुर गुरुङले महानगरपालिकाको एक मात्र पहाडी क्षेत्रमा सधैँको खानेपानी समस्या समाधान भएको बताए।

GBIME

प्रतिक्रिया दिनुहोस्