Shikhar Insurance

प्रतितोला ८ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदै कारोबार ?

सिंहदरबार संवाददाता
२०७९ चैत्र २३, बिहीबार ११:५२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल सुन तथा चाँदी बजारमा बिहिबार सुनको मूल्य घटेको छ । बुधबार हाल सम्मकै उच्च विन्दुमा पुगेर ऐतिहासिक रेकर्ड कायम गरेको सुनको मूल्य बिहिबार भने घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंले सर्वजनिक गरेको विवरण अनुसार बिहिबार छापावाल सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेर १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन छापावाल सुनको मूल्य १ लाख ११ हजार रुपैयाँको उच्च मूल्यका खरिदबिक्री भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यसैगरी, बिहिबार तेजावी सुनको मूल्य १ लाख ९ हजार ६५० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारको दिन तेजावी ससनको मूल्य १ लाख १० हजार ४५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यस्तै, चादीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ४३५ रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारको दिन चाँदी प्रतितोला १ हजार ४४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा महासंघले अन्तरर्राष्ट्रिय बजार मूल्यको आधारमा दैनिक सुनचाँदीको मूल्य निर्धारण गर्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्