Shikhar Insurance

काँग्रेस निकट वित्तिय संस्था कर्मचारी संघको अध्यक्षमा रेग्मी, महासचिवमा श्रेष्ठ

सिंहदरबार संवाददाता
२०७९ चैत्र २४, शुक्रबार १०:१२
NIMB
Nabil Bank

काठमाडौ. । नेपाली काँग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) राष्ट्रिय समितिको अध्यक्षमा पदमराज रेग्मी निर्वाचित भएका हुन् । बिहिबार सम्पन्न निर्वाचनमा रेग्मी २१९ मत ल्याएर दोश्रो कार्यकालका लागि पुनः अध्यक्ष निर्वाचित भएका हुन् ।

अध्यक्षमा विजयी रेग्मी नेपाल राष्ट्र बैंकका उप कार्यकारी निर्देशक हुन् । यस्तै, फियनको वरिष्ठ उपाध्यक्षमा परशुराम खनाल १९२ मत ल्याएर विजयी भएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

खुल्लातर्फको उपाध्यक्षमा शिवराज तिमिल्सिना, महिलातर्फको उपाध्यक्षमा सपना शाही, सरकारी बैंकतर्फको उपाध्यक्षमा शिवनाथ योगी र निजी बैंकको तर्फको उपाध्यक्षमा शिवहरि भण्डारी निर्वाचित भए ।

यस्तै, तराई।मधेशतर्फको उपाध्यक्षमा सोभित शाह, लघवित्ततर्फको उपाध्यक्षमा अर्जुन कुमार भट्टराई, बीमा तर्फको उपाध्यक्ष शम्भुप्रसाद मिश्र, पूँजी बजार तर्फको उपाध्यक्षमा राजु बहादुर जि.सी. र गैर वित्तीय तर्फको उपाध्यक्षमा देव गुरागाईँ निर्विरोध निर्वाचित भएका छन् ।

फियनको महासचिवमा भने विकास श्रेष्ठ निर्वाचित भएका छन् । खुला तर्फको उपमहासचिवमा ज्ञानहरि ढुङ्गाना, बरुण खड्का, हरि बहादुर खड्का र सविन भट्टराईले २३० मत ल्याए ।

विकास बैंक तर्फको उपमहासचिमा राज शंकर झा, महिला उपमहासचिवमा गीता बस्नेत र रामचन्द्र बिक निर्विरोध भए भने कोषाध्यक्षमा जेम्श जोशी र सह–कोषाध्यक्षमा सविता लुइँटेल निर्वाचित भएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्