Shikhar Insurance

भेञ्चर क्यापिटलको सिईओ बन्न सरोज गुरागाईँले छाडे सानिमा बैंक

सिंहदरबार संवाददाता
२०७९ चैत्र २४, शुक्रबार १२:४४
NIMB
Nabil Bank

काठमाडौं । सानिमा बैंकका चिफ डिपोजिट अफिसर (सीडीओ) सरोज गुरागाईँले राजीनामा दिएका छन् । नयाँ पीईभीसी कम्पनी नेशनल फण्ड म्यानेजमेन्टको सिईओ बन्ने गरि उनले सानिमा बैंक छाडेका हुन् । उनले बैशाख १ गतेदेखि लागु हुने गरि नेशनल फण्ड मेनेजमेन्ट कम्पनीको सिईओको जिम्मेवारी सम्हाल्नेछन् ।

यो कम्पनीले बिहिबार मात्रै नेपाल धितोपत्र बोर्डबाट प्राइभेट इक्वीटी भेञ्चर क्यापिटलको लाइसेन्स पाएको थियो । गुरागाईँ सानिमा बैंकमा विगत १२ वर्षदेखि कार्यरत थिए । त्यसअघि उनी राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत थिए ।
चाटर्ड एकाउन्टेन्ट गुरागाईँले काठमाडौं विश्वविद्यालयबाट एमबीए पनि गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडमा कर्मचारी सञ्चय कोष, कृषि विकास बैंक, हिमालयन बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक र नेपाल टेलिकमको ७० प्रतिशतभन्दा बढी लगानी छ । कम्पनीको चुक्ता पुँजी ५४ करोड रुपैयाँ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्