Shikhar Insurance

राष्ट्र बैंकले सहकारीहरुको नियमन गर्न मिल्दैनः डा. युवराज खतिवडा

सिंहदरबार संवाददाता
२०७९ चैत्र २४, शुक्रबार १४:२४
NIMB
Nabil Bank

काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले सहकारीहरुलाई नेपाल राष्ट्र बैंकले नियमन गर्न नमिल्ने बताएका छन् । तेश्रो राष्ट्रिय सहकारी महासम्मेलनको प्यानल डिस्कसनमा बोल्दै नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर समेत रहेका डा. खतिवडाले सहकारीहरुलाई राष्ट्र बैंकले नियमन गर्न नमिल्ने बताएका हुन् । उनले सहकारीहरुको नियमनका लागि छुट्टै ऐन निर्माण गरि अर्काे निकाय खडा गर्न पनि सुझाव दिए । ‘नेपाल राष्ट्र बैंकले सहकारीहरुको नियमन गर्न मिल्दैन्, ऐन मार्फत नयाँ निकाय खडा गरिनुपर्छ, बरु त्यता तिर सोचौं’, डा. खतिवडाले भने ।

राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजना भएको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको दोस्रो दिन (शुक्रबार)को पहिलो प्यानल बहसमा विभिन्न मुलुकको प्रतिनिधिहरुले सहकारीको समान सहकार्य विषयमा आप्mनो प्रस्तुती दिदै उक्त कुरामा जोड दिएका हुन् । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले प्यानल डिस्कसनको सहजीकरण गरेका थिए । अष्ट्रेलियाबाट सहभागि विजनेस काउन्सिल अफ को अपरेटिभ म्युचियल प्रमुख कार्यकारी अधिकृत मेलिना मोरिसनले सहकारीको सहकार्यले देशको आर्थिक विकासँगै देशको जिडीपीमा समेत सहकारीको ठुलो योगदानको जोड दिएको बताएका छन् ।
यस्तै, आप्m प्रस्तूती दिदै उनले आर्थिक सहभागिता र स्वायत्तता र स्वतन्त्राता शिक्षा, तालिम र सचना सहकारी बीचको सहकार्य गर्ने जोड दिएकी थिइन् । उनले सहकारीमा महिलाको सहकार्यले नेतृत्व विकासँगै ग्रामिण क्षेत्रको समेत विकास योगदान पुराएकोमा जोड दिएकी दिइन् । यसैगरी उनले सहकारीको सहकार्यले देशको आर्थिक विकाससँग देशको दियो विकासमा ठुलो भूमिमा खेलेको आप्mनो प्रस्तुतमा उल्लेख समेत दिइन् ।
भारतबाट प्रतिनिधित्व गरेका आइसिए एपीका क्षेत्रीय निर्देशक बालु एयरले सहकारीहरुले पछिल्लो समय सहकारीमा समान सहकार्यले महिलाहरुको समेत राम्रो भएको बताए । उनले सहकारीमा महिलाको सहभागिताले मुलुकको आर्थिक विकास समेत सहायोग पुगेकोमा जोडि दिए । उनले आप्mनो प्रस्तुती दिदै पछिल्लो समय सहकारीहरुमा विचलन आएको हो की भन्ने प्रश्न समेत गरेका थिए । उनले सहकारी अभियान्तामा विचलन नहुन समेत जोड दिए । सहकारी अभियानतामा विचलन आउँदा पछिल्लो समय सहकारीमा समस्या आएको धारणा व्यक्त गरेका थिए । सहकारीहरु स्वनियममा सञ्चालन हुने संस्था भएकाले सरकारले सहकारीमा आएको समस्याको सहजिकरण मात्र गर्नुपर्ने तर नियन्त्रण र को निर्देशन आवश्यक नभएको उनको जोड थियो ।
यस्तै अर्का वक्ता भारतको राष्ट्रिय सहकारी विकास निगमका एमडी पंकज कुमार बंशलले सहकारीहरुको पहिचान संकटमा तर्फ इङ्कित गरे । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले प्यानल डिस्कसनको सहजीकरण गर्दै पंकज बंशलले सहकारीलाई विश्वासनिय बनाएर स्वनिमयमा चलाउनु पर्नेमा जोड दिएको बताए । सहकारी स्वनियममा नरहँदा सहकारीको विश्वासनीता माथि ठुलो चुनौती आएको जनाए । सहकारीमा समान सहकार्यल नेतृत्वको विकासँगै मुलुकको दिगो विकास समेत योगदान पु¥याएको उल्लेख गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

कार्यक्रममा ११ वटा राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञबाट कार्यपत्र प्रस्तुत हुनेछन् । महासम्मेलनमा ७० जिल्लाका करिब १ हजार जनाको सहभागीता रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्