Shikhar Insurance

बजेट लेख्ने जिम्मा सहसचिव भुपाल बराल नेतृत्वको टिमलाई, अरु को को अटाए ?

सिंहदरबार संवाददाता
२०७९ चैत्र २४, शुक्रबार १५:३७
NIMB
Nabil Bank

काठमाडौं । अर्थ मन्त्रालयले बजेट लेखन प्रयोजनका लागि टोली गठन गरेको छ । अर्थमन्त्रालयमा भर्खरै भित्रिएका सहसचिव भुपाल बरालको नेतृत्वमा अन्य पाँच जना सहसचिवहरु सम्मिलित बजेट लेखन मस्यौदा समिति गठन गरेको हो ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले चैत २४ गते मन्त्रिस्तरिय निर्णय गर्दै बरालको नेतृत्वमा ६ सदस्यीय बजेट मस्यौदा लेखन समिति गठन गरेका हुन् ।

समितिमा सहसचिवहरु उत्तर बहादुर खत्री, धनीराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा सदस्य रहेका छन् । सरकारले हरेक बर्षको जेष्ठ १५ गते गणतन्त्र दिवसका दिन संघीय सरकारको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।
त्यसका लागि अर्थमन्त्रीले मन्त्रालयका बरिष्ठ सहसचिवहरुलाई समेटेर बजेट लेखन मस्यौदा समिति गठन गर्ने व्यवस्था छ ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्