Shikhar Insurance

अन्तराष्ट्रिय बीमा सम्मेलन गर्दै बीमा प्राधिकरण, बीमा क्षेत्रका ३ सय विदेशी विज्ञ भेला हुने

सिंहदरबार संवाददाता
२०७९ चैत्र २६, आईतवार १८:५५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अन्तराष्ट्रिय बीमा सम्मेलन गर्ने भएको छ । प्राधिकरणले जेठ २५ देखि २७ गतेसम्म काठमाडौंमा ‘इन्टरनेशनल इन्स्योरेन्स समिट’ आयोजना गर्न लागेको हो । सम्मेलनमा एशिया भरका बीमा क्षेत्रका नियामक निकाय, पुनर्बीमा कम्पनी, बीमा कम्पनीका प्रतिनिधीहरुको सहभागीता रहनेछ ।

तीन दिनसम्म चल्ने सम्मेलनले नेपालको बीमा बजारको सम्भाव्यता उजार गर्ने, नेपाली बीमा र पुनर्बीमा कम्पनीहरु प्रति अन्तराष्ट्रिय विश्वास बढाउने लगायतका उदेश्यले सम्मेलन आयोजना गर्न लागिएको हो ।
‘यो एक प्रकारले नेपालको बीमा क्षेत्रको इन्टरनेशनल ब्राण्डिङ पनि हो, नेपालमा रेगुलेटर बलियो छ, बीमा कम्पनी राम्रा छन् र पुनर्बीमा कम्पनीहरु पनि सक्षम छन् भने संसारलाई बुझाउने योजनासहित समिट आयोजना गर्न लागिएको हो ।’, बीमा समिति उच्च स्रोतले भन्यो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्