Shikhar Insurance

अञ्जन श्रेष्ठलाई सर्वसम्मत बरिष्ठ उपाध्यक्ष बनाउने सहमति

सिंहदरबार संवाददाता
२०७९ चैत्र ३०, बिहीबार १६:४१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । पहिलो चरणबाट दोश्रो चरणका लागि प्रतिष्पर्धी बनेका उमेशलाल श्रेष्ठले अञ्जनलाई बरिष्ठ बनाउन सहमति गरेका हुन् । पहिलो चरणको निर्वाचनमा अञ्जन, उमेश र रामचन्द्र संघाईले प्रतिष्पर्धा गरेका थिए । सो प्रतिष्पर्धामा अञ्जन पहिलो भएका थिए भने उमेश दोश्रो भएका थिए ।

उमेशकै प्रस्तावमा अञ्जनले सहमतिमा बरिष्ठ उपाध्यक्ष बन्ने अवसर पाएका हुन् । निर्वाचन स्थल कमलादीबाट सर्व सम्मतिको बरिष्ठ उपाध्यक्ष घोषणा हुँदैछ । पहिलो चरणको निर्वाचनमा अन्जन श्रेष्ठ ३७.९९ प्रतिशत मत ल्याएका थिए भने दोश्रो भएका उमेशलाल श्रेष्ठले ३१.५१ प्रतिशत मत पाएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

रामचन्द्र संघाई भने ३०.४६ प्रतिशत मत ल्याएर झिनो अन्तरले तेस्रो हुँदै प्रतिस्पर्धाबाट बाहिरिएका थिए । विधान अनुसार ५० प्रतिशत बढ मत ल्याउने उम्मेदवार मात्रै विजयी हुने व्यवस्थाका कारण पहिलो भएका अञ्जन र दोश्रो भएका उमेशबीच पुनः निर्वाचन गराउनुपर्ने थियो । तर दुई प्रतिष्पर्धीले आपसी समझदारीका लागि छलफलमा बस्दा अञ्जनलाई छाड्न उमेश तयार भएका हुन् । चन्द्र ढकालको कार्यकाल सकिएपछि अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्