Shikhar Insurance

जापानी प्रधानमन्त्री माथि बम आक्रमण

सिंहदरबार संवाददाता
२०८० बैशाख २, शनिबार ११:३६
NIMB
Nabil Bank

काठमाडौं । जापानाका प्रधानमन्त्री फुमियो किशिदामाथि बम आक्रमण भएको छ । जापानको उत्तरी शहर वाकायामा सीटीमा स्थानीय सञ्चारमाध्यमहरुलाई प्रतिक्रिया दिईरहँदा प्रधानमन्त्री किशिदामाथि बम प्रहार भएको हो ।

आगामी प्रतिनिधी सभाको निर्वाचन लक्षित र्यालीलाई सम्बोधन गर्न पुगेका बेला प्रधानमन्त्रीमाथि बम आक्रमण भएको जापानी समाचार संस्था क्योदो न्युजले जनाएको छ । प्रधानमन्त्री भने आक्रमणका बावजुद सुरक्षित रहेका छन् । प्रहरीले आक्रमणकारीलाई पक्राउ गरि अनुसन्धान अघि बढाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

एक जना प्रत्यक्षदर्शीका अनुसार एक युवकले प्रधानमन्त्रीलाई लक्ष्य गर्दैै केही फ्याकेको देखेको तथा केही क्षण मै धुँवाको मुस्लो ठूलो आवाजमा त्यो वस्तु विष्फोट भएको थियो । बम विष्फोटपछि कार्यक्रमस्थलबाट सर्वसाधारण भागेका दृश्य एनएचकेको प्रसारणमा देखिन्छ ।

प्रधानमन्त्री किशिदाको लिबरल डेमोक्र्याटिक पार्टीका सदस्य हिरोशी मोरियामाले लोकतन्त्रको आधारस्तम्भ सुदृढ बनाउने चुनावी अभियानमा यस्ता घटना हुनु खेदजनक भएको बताउँदै त्यसलाई उनले अक्षम्य अपराध भनेका छन् ।

जापानमा हिंसात्मक घटना विरलै हुने गरेका छन् तर गत वर्ष चुनावी अभियानका क्रममा पूर्वप्रधानमन्त्री शिन्जो आबेको गाली प्रहारबाट हत्या भएपछि राजनीतिक दलका नेतामा सुरक्षा चिन्ता बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्