Shikhar Insurance

केएल दुगड समुहका प्रबन्ध निर्देशक कुमुद दुगडलाई प्रबल जनसेवा श्री सम्मान

सिंहदरबार संवाददाता
२०८० बैशाख ३, आईतवार १९:०८
NIMB
Nabil Bank

काठमाडौं । के एल दुगड समुहका प्रबन्ध निर्देशक कुमुद दुगड प्रबल जनसेवा श्री’बाट सम्मानित भएका छन् । निर्देशक दुगडलाई राष्ट्रपति रामचन्द्र पौडेल ले ‘प्रबल जनसेवाश्री’ मानपदवीबाट विभूषित गरेका हुन ।

मुलुकको समग्र औद्योगिक तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप उद्योग तथा समाजसेवी कुमुद दुगडलाई सो मानपदवी प्रदान गरिएको हो ।
उक्त सम्मान कार्यक्रम यही बैशाख १ गते राष्ट्रपति निवास शितल निवासमा गरिएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

निज दुगडको अग्रसरतामा कृषिलाई व्यवसायिकरण र औद्योगिकरण गर्ने तर्फ कृषकहरुलाई अभिप्रेरित गरी कृषिजन्य उद्योग व्यवसायमा विशिष्ट योगदान पुर्याउँदै उपभोक्ताहरुको स्वास्थ्य सुरक्षाको हक हित र अधिकारको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै स्थानीय कच्चा पदार्थमा आधारित उद्योग तथा कृषिजन्य उद्योग व्यवसायको विकास र गर्दै आएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्