Shikhar Insurance

८ मिलियन डलर बराबरको रकम हेजिङ गर्ने संस्था बन्यो एनएमबि बैंक

सिंहदरबार संवाददाता
२०८० बैशाख ६, बुधबार १५:४२
NIMB
Nabil Bank

काठमाडौं । एनएमबि बैंक विदेशी मुद्राको उतारचडाब नियन्त्रण गर्नका लागी महत्वपूर्ण मानिने ८ मिलियन अमेरिकी डलर बराबरको रकम हेजिङ कारोबार गर्ने अग्रणी वाणिज्य बैंक भएको छ ।

बैंकले द कन्ट्री एक्चेन्ज फन्ड (टिसिएक्स), एम्ट्राडम र एमएफएक्स करेन्सी रिक्स सलुसन, वासिङ्टन सगँको सहकार्यमा उक्त कारोबार सफलतापूर्वक सम्पन्न गरेको आज विज्ञप्ति प्रकाशित गरी जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नन् डेरिभरेवल क्रस करेन्सी स्वाप गर्नका लागी प्रयोग गरिएको हेजिङ्ग उपकरण टीसीएसले उपलब्ध गराएको र सो सम्वन्धित कारोवार गर्नको लागि एफएफएक्सले सहजकर्ताको भुमिका निर्वाह गरेको थियो । सो कार्य सफलतापुर्वक सम्पन्न गर्न आफ्नो विशेषज्ञता उपलब्ध गराएकोमा बैंकले आभार व्यक्त गरेको छ ।

यस हेजिङ कारोवारले बैंकको वित्तीय संयन्त्र विकाश र प्रयोग प्रतिको प्रतिबद्घता दर्शाएको छ । यसरी सफलतापूर्वक सम्पन्न भएको हेजिङ कारोबारले देशभरी स्थिरता र सुनिश्चितताका साथ वित्तीय कारोवार गर्नका लागी मार्ग प्रसस्त गरेको छ । अस्थिर बजारमा स्थिरताका साथ आर्थिक कारोवार गरी वित्तीय लक्ष्य प्राप्त गर्न मद्दत गर्ने कुरामा बैंक विश्वस्त रहेको छ ।

एनएमबि बैंक विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गर्दै आएको छ ।

टीसीएक्स सन् २००७ मा विकासशील र सीमावर्ती बजारहरूमा मुद्रा जोखिम व्यवस्थापन गर्न समाधानहरू प्रस्ताव गर्ने उदेश्य लिइ स्थापना भएको संस्था हो ।

सन् २००९ मा एमएफएक्स करेन्सी रिक्स सोलुसन्स धितोको बोझ हटाउँदै लगभग सबै उदीयमान बजारहरूमा माइक्रोफाइनान्स ऋणदाताहरूलाई पहुँचयोग्य हेजिङ्ग उपकरणहरू प्रदान गर्ने उद्देश्य लिई स्थापना भएको संस्था हो ।

विकाश उन्मुख देशहरुको आर्थिक उन्नत्तीको लागी डेभलपमेन्ट फाईनान्स ईन्सटिट्यूसनहरुले प्रदान गर्ने आर्थिक सहयोग निकै महत्वपूर्ण हुन्छ, नेपालमा उपलब्ध श्रोत र साधनहरुको कारण केही समय देखि यस्तो सहयोग प्राप्त गर्ने रोजाईको देश भएको छ ।

विदेशी यस्ता दातृ निकायहरुबाट प्राप्त हुने सहयोगले नेपालको आर्थिक उन्नत्तीमा महत्वपूर्ण भुमिका खेल्दै आएको छ । फलस्वरुप यसरी प्राप्त हुने विदेशी मुद्राको उतारचडाबलाई नियन्त्रण गर्नका लागी नेपालका बैंक तथा वित्तीय संस्थाको भुमिका महत्वपूर्ण रहेको हुन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्