Shikhar Insurance

नबिल बैंकले ९ महिनामै कमायो ५ अर्ब बढी नाफा, यस्ता छन् अरु सूचक

सिंहदरबार संवाददाता
२०८० बैशाख ७, बिहीबार ०७:३७
NIMB
Nabil Bank

काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको चैत मसान्त अवधीमा ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ ।

यो नाफा बैंकले गत आर्थिक वर्षको चैत मसान्तसम्ममा आर्जन गरेको भन्दा ५२.६२ प्रतिशतले बढि हो । गत आवको चैत मसान्त अवधीसम्ममा नबिलले ३ अर्ब ३५ करोड २० लाख नाफा आर्जन गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

नबिलले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवण अनुसार चैत मसान्तसम्म वितणयोग्य नाफा १ अर्ब ७७ करोड रुपैयाँ आर्जन गरेको देखिन्छ। नेपाल बैंकलाई प्राप्ति गरेपछि नबिलको नाफामा उच्च वृद्धि भएको हो ।

चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १२ अर्ब १० करोड ११ लाख रुपैयाँ पुगेको छ जुन गत आवको सोही अवधीको भन्दा ८३.६२ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ५९ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

बैंकले ३ खर्ब ६३ अर्ब ४८ करोड निक्षेप संकलन गरेर ३ खर्ब २३ अर्ब ५१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकका निष्क्रिय कर्जा १.१४ प्रतिशतबाट बढेर ३.८७ प्रतिशत पुगेको छ ।

नबिलको चुक्ता पूँजी २७ अर्ब ५ करोड छ भने जगेडा कोषमा २७ अर्ब २९ करोड रुपैयाँ छ। बैंकको प्रतिसेयर आम्दानी २५.२१ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २०१.७ रुपैयाँ रहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्