Shikhar Insurance

एनआईसी एशियाको नाफा ४ अर्ब नाघ्यो, वितरण योग्य नाफा नै ३ अर्ब बढी

सिंहदरबार संवाददाता
२०८० बैशाख ७, बिहीबार ०७:५८
NIMB
Nabil Bank

काठमाडौं । एनआईसी एशिया बैंकले ९ महिनामा ४ अर्ब एक करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चैत मसान्तसम्मको अपरिस्कृत वित्तिय विवरण अनुसार बैंकको नाफा ११.३८ प्रतिशतले बढेर ४ अर्ब एक करोड ४९ लाख रुपैयाँ पुगेको हो । बैंकले गत आर्थिक वर्षको सोही अवधीमा ३ अर्ब ६० करोड ४५ लाख ९रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकले ९ महिनामा ३ अर्ब २ करोड ३१ लाख रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ। बैंकको निक्षेप संकलन ३ खर्ब १४ अर्ब ८० करोड रुपैयाँ र कर्जा लगानी २ खर्ब ६६ अर्ब २१ करोड रुपैयाँ पुगेको छ।

Citizen Life
Kumar Bank
Nepal Life

एनआईसी एशियाको खुद ब्याज आम्दानी ११.६१ प्रतिशतले बढेर ९ अर्ब २१ करोड ७० लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १३.१० प्रतिशतले बढेर ५ अर्ब ७८ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ४६.७६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २४८ रुपैयाँ ८८ पैसा रहेको छ । दुई वर्षदेखि लाभांश वितरण गर्न नपाएको बैंकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड रहेको छ भने जगेडा कोषमा १७ अर्ब २१ करोड छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्