Shikhar Insurance

एभरेष्ट बैंकको नाफा भन्दा वितरणयोग्य नाफा धेरै, अरु सूचक कस्ता ?

सिंहदरबार संवाददाता
२०८० बैशाख ७, बिहीबार ०८:१६
NIMB
Nabil Bank

काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको ९ महिनामा नाफा भन्दा वितरणयोग्य नाफा धेरै आर्जन गरेको छ । बैंकले चालु आर्थिक वर्षको ९ महिनामा बैंकले २ अर्ब ४६ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेको छ । जबकी बैंकले सोही अवधीमा वितरणयोग्य नाफा ३ अर्ब ३६ करोड ३३ लाख रुपैयाँ आर्जन गरेको देखिन्छ ।

१० अर्ब ६९ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ४६ करोड रुपैयाँ रहेको छ। बैंकको खुद नाफा भने ६२.६३ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५१ करोड ६३ लाख नाफा गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकको खुद ब्याज आम्दानी ५९.३८ प्रतिशतले बढेर ५ अर्ब ५८ करोड ७२ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ६२.५९ प्रतिशतले बढेर ३ अर्ब ५२ करोड २८ लाख रुपैयाँ पुगेको छ ।

बैंकको निक्षेप ७.७७ प्रतिशत बढेको छ भने कर्जा १०.६० प्रतिशत बढेको छ। बैंकको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ७४ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २२५.८६ रुपैयाँ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्