Shikhar Insurance

अर्थमन्त्रीको सल्लाहकार टिमः बजेट, अन्तराष्ट्रिय व्यापार र मौद्रिक नीतिका विज्ञ समेटिए

सिंहदरबार संवाददाता
२०८० बैशाख ७, बिहीबार १७:१४
NIMB
Nabil Bank

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले विज्ञहरुको सल्लाहकार टिम सेट गरेका छन् । बजेट बनाउने तयारी धमाधम अघि बढिरहेका बेला मन्त्री डा. महतले विज्ञहरुको सल्लाहकार टिम तयार गरेका हुन् ।
अर्थमन्त्रालयको प्रमुख आर्थिक सल्लाहकारमा डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । उनी राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । उनको आर्थिक नीति र बजेट निर्माणमा बिशेष दख्खल छ ।

सल्लाहकाहरुमा पनि विज्ञहरुले नै प्रवेश पाएका छन् । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. पोषराज पाण्डेलाई आर्थिक सल्लाहकार बनाईएको छ । उनी अन्तराष्ट्रिय व्यापारमा बिशेष दख्खल राख्ने सिमित विज्ञहरुमा गनिन्छन् ।
उता, नेपाल राष्ट्र बैंकबाट कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई सल्लाहकारका रुपमा झिकाईएको छ । आर्थिक अनुसन्धान र मौद्रिक नीतिमा बिशेषज्ञता प्राप्त गरेका डा. भट्टले अर्थमन्त्री गभर्नर–सम्बन्ध सुधारमा समेत सेतुको भूमिका खेल्ने बताइन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यसरी अर्थमन्त्री डा. महतले विषय विज्ञहरु समेटिएको सल्लाहकार टिम खडा गरेर सकारात्मक सन्देश दिएका छन् । डा. पौडेल र पाण्डेलाई तलब सुबिधा नलिने गरि राज्य मन्त्री सरहको स्टाटस दिईएको छ । भने डा. भट्टलाई नेपाल राष्ट्र बैंकबाट काजमा झिकाईएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्